जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण हुने

Technology Khabar २५ मंसिर २०७७, बिहीबार

जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण हुने
फाइल फोटो

काठमाडौं ।

जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण हुने भएको छ ।

मन्त्रीपरिषद् बैठकले सबै जिल्ला हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।

बुधबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दैं सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अब प्रेस पास लिन काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन भएको पनि मन्त्री गुरुङले बताए ।

साथै नयाँ परिचयपत्र लिने पत्रकारकाहरुका लागि आवश्यक कागजपत्र जिल्ला हुलाक कार्यालयबाटै पेश गर्न सकिने व्यवस्थापनि छिट्टै हुने मन्त्री गुरुङले बताए ।

easy care

प्रकाशित: २५ मंसिर २०७७, बिहीबार