Technology Khabar २५ मंसिर २०७७, बिहीबार
काठमाडौं ।
अमेरिकी संघीय संचार आयोग(एफसीसी)ले यो बर्ष बिना लाइसेन्सका फ्रिक्वेन्सीहरू खोल्ने निर्णय पछि सिक्स गीगाहर्ज (6G)स्पेक्ट्रम ब्यान्डमा प्रयोगको लागि पहिलो वाईफाई ६ (Wi-Fi 6)उपकरणलाई आधिकारीकता प्रदान गरेको छ।
एक संक्षिप्त बयानमा, एफसीसीले आधिकारीकता प्राप्त उपकरण ब्रोडकमको एक ६जी ट्रांसमिटर भएको जानकारी दिएको छ।
अप्रिलमा वाईफाई सेवाहरूको लागि १२०० मेगाहर्जमा (5.925–7.125 GHz) को नयाँ दायरा सिर्जना गरेपछि पहिलो पटक डिभाइसले स्वीकृति पाएको हो । वाईफाईको लागि स्पेक्ट्रमको मात्रालाई ‘फ्याक्टर अफ फाईभ’को आधारमा बढाएर यो स्वीकृति आएको हो ।
छोड्न लागेका एफसीसी अध्यक्ष अजित पाईले भने, ‘वाईफाई सिक्स वर्तमान मापदण्डको तुलनामा साढे दुई गुणा बढी छिटो हुन सक्नेछ जसले उपभोक्ता र व्यवसायलाई एकै किसिमले फाइदा पुर्याउँछ। कोविड १९ महामारीको बखत, हामीले सबैले हेरेका थियौं कि कसरी वाइफाइले घरमा काम गर्नेदेखि टेलीहेल्थसम्म रिमोट लर्निंग, स्ट्रिमिंग र गेमिङसम्म सबै कुरा सक्षम गरेको छ। वाइफाइ सिक्सले यि सबैलाई टर्बोचार्ज गर्दछ ।’
यसका साथै नयाँ नियम व्यावसायिक ५जी नेटवर्कहरूको पूरक पनि हुने उनले बताए ।
ब्रोडकमले ८ वटा इन्टरप्राइज ६ गीगाहर्ट्ज वाईफाई ६ एपी प्रडक्ट सहित जनवरीमा वाईफाई ६इ (WiFi 6E) उपकरणहरूको पोर्टफोलियोको उपलब्धता घोषणा गरेको थियो।
मार्चमा, वायरलेस ब्रोडब्यान्ड एलायन्सले भने कि यसले २ जीबीपीएसको गति हासिल गर्यो र निरन्तर २ मिलिसेकेण्ड लेटेन्सी ब्रोडकम र इन्टेलद्वारा गरिएको परीक्षणमा हासिल गरेको थियो। एजेन्सी
प्रकाशित: २५ मंसिर २०७७, बिहीबार