फुडमाण्डुको डाटाबेस चोरी गर्ने ह्याकर साईबर ब्यूरोद्धारा पक्राउ

Technology Khabar २४ मंसिर २०७७, बुधबार

फुडमाण्डुको डाटाबेस चोरी गर्ने ह्याकर साईबर ब्यूरोद्धारा पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं ।

खानेकुरा डेलिभरी गर्ने प्लेटफर्म फुडमाण्डुको डाटाबेस चोरी गर्ने ह्याकरलाई प्रहरीले हालै पक्राउ गरेको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले फुडमाण्डुको डाटाबेस ब्रिच गरेको घट्नामा दिनेश तिवारीलाई पक्राउ गरेको हो ।

ब्यूरोले सञ्चालन गरिरहेको विशेष अप्रेसन ‘ह्याकर्स हन्ट’को माध्यमबाट १९ वर्षे ह्याकर तिवारीलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम सुनवल नगरपालिकाका स्थाई घर भएका तिवारी हाल काठमाडौं रानीबारीमा बस्दै आइरहेका थिए ।

गत वर्ष फागुन २५ गते फुडमाण्डुको साइटमा साइबर आक्रमण गरि तिवारीले सबै डाटा सार्वजनिक गरिदिएका थिए । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ अन्तर्गत अपराधमा काठमाडौं जिल्ला अदालतको पक्राउ आदेशपछि ब्यूरोले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ ।

साइबर आक्रमणमा ह्याकरले त्यसबेला फुडमाण्डु ग्राहकको व्यक्तिगत विवरण चोरेको थियो । कम्पनीकाअनुसार ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको थियो जसबाट करिब ५० हजार ग्राहक प्रभावित भएका थिए।

ह्याकर हण्ट अन्तर्गत यहि मंसिर २२ गते ब्यूरोले लोकसेवाको सर्भर ह्याक गर्ने ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

सम्बन्धित-

फुडमान्डुको वेबसाइटमा साइबर आक्रमण, ग्राहकहरुको व्यक्तिगत विवरण मात्र चोरीएको जानकारी

easy care

प्रकाशित: २४ मंसिर २०७७, बुधबार