आईहबबाट खोसियो वानप्लस आयातको अधिकार, नेपालमा वानप्लस रिलन्च गर्दै क्रेटोस टेक्नोलोजिज्

Technology Khabar २४ मंसिर २०७७, बुधबार

आईहबबाट खोसियो वानप्लस आयातको अधिकार, नेपालमा वानप्लस रिलन्च गर्दै क्रेटोस टेक्नोलोजिज्
वनप्लस ८ तथा वनप्लस ८ प्रो
Classic Tech

नेपाली बजारमा वानप्लसको स्मार्टफोनहरु अब क्रेटोस टेक्नोलोजीले बिक्री गर्ने भएको छ।

यसअघि मुरारका ग्रुपअन्तरगतको आईहब प्रालिले नेपाली बजारमा वानप्लस (वनप्लससमेत भनिने) बिक्री गर्दै आएकोमा अब भने क्रेटोस आधिकारीक आयातकर्ता तथा बितरक कम्पनीको रुपमा आएको हो ।

नयाँ बितरक भएसँगै अब आईहब प्रालिबाट वानप्लसको आयातकर्ता तथा बितरकको अधिकार खोसिएको मोबाइल बजार सम्बन्धि स्रोतले दाबी जानकारी दियो।

‘नयाँ कम्पनीले आधिकारीक भएको जानकारी दिँदै नयाँ फोनहरु ल्याउने हामीलाई बताएको छ, नयाँ मोडलहरु पनि लन्च गर्ने जानकारी दिएको छ’, न्युरोडका एक मोबाइल बिक्रेताले भने ।

हालै क्रेटोसले नेपालको बजारमा वनप्लसका डिभाइसहरु रिलन्च गर्दै आफू आधिकारीक बितरक तथा आयातकर्ता भएको जनाएको छ।

यसअघि आईहबले वानप्लसको एकमात्र आधिकारीक आयातकर्ता भएको दाबी गर्दै नेपाली बजारमा वानप्लसका फोनहरु बिक्री बितरण गर्दै आएको थियो ।

नयाँ आयातकर्ता आएसँगै यसअघि आईहबले ल्याएका फोनहरु भने स्टक नसकिएसम्म बिक्री गर्नेछ भने नयाँ फोनहरु नयाँ  कम्पनीले नै ल्याउनेछ ।

यसैबिच वानप्लस नेपाली बजारमा रिलन्च हुने भएको हो । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रो का साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जीसमेत नेपाली बजारमा आउने भएको हो ।

वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रालिमार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तीन मोडल उपलब्ध हुनेछन् ।

गत बर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याएसँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस बर्ष फाईभ जी प्रविधी र थप उत्कृष्ट डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनूभूती दिलाउन थप सफल रहने विश्वास लिएको छ ।

नेपाली उपभोक्ता माझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिज् प्रा. लि. लाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरेसँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हा‍सिल गर्ने विश्वास गरेको छ ।

क्रेटोस टेक्नोलोजिजको देशब्यापी वलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हासिल गर्न सक्ने अवस्थाको विकास भएको जनाएको छ ।

२०७७ साल मंसिर २४ गतेबाट प्रि–वुकिङ्ग शुरु गरिएको वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज् प्रा. लि. ले मंसिर २९ गते देखि बजारमा ल्याउनेछ भने सोहि दिनबाट प्रि–वुकिङ्गकर्ताले डेलिभरी प्राप्त गर्न शुरु गर्नेछन् ।

अनलाईन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि–वुकिङ्ग गर्न सकिनेछ ।

यसरी प्रि–वुकिङ्ग गर्ने ग्राहक मध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरुले एक बर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्यूनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्रेटोसले वानप्लस नर्ड एन१० ५जी स्मार्टफोनको बजार मूल्य ३९ हजार ४९९ तोकेको छ भने वानप्लस नर्ड ५जी स्मार्टफोनको मूल्य ६३ हजार ९९९ राखेको छ । त्यसैगरि वानप्लस ८ प्रोको बजार मूल्य १ लाख २५ हजार ९९९ तोकेको छ ।

TK Viber

प्रकाशित: २४ मंसिर २०७७, बुधबार

Loading...