युगद्रष्टा एप सार्वजनिक, डा. निर्मलमणि अधिकारीका पुस्तकहरु एपमै पढ्न पाईने

Technology Khabar २४ मंसिर २०७७, बुधबार

युगद्रष्टा एप सार्वजनिक, डा. निर्मलमणि अधिकारीका पुस्तकहरु एपमै पढ्न पाईने

काठमाडौं ।

सिद्धान्तकार तथा युगद्रष्टा डा.निर्मलमणि अधिकारीका चिन्तनलाई जनमासमा पुर्याउन मोबाइल एपको विकास गरिएको छ । डा. निर्मलमणि अधिकारीका चर्चित पुस्तकहरु अब युगद्रष्टा एप मार्फत निशुल्क पढ्ने व्यवस्था गरिएको छ ।

फ्युचर एजुकेश अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले बनाएको हो । युगद्रष्टा एप निशुल्क उपल्ब्ध गराएको फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताए । युगद्रष्टा एप फेस्ट कम्पनीका संस्थापक तथा सिइओ इं. विक्कि महतले बनाएका हुन्।

युग बोध गरी युगमा आइपर्ने समस्याको आकंलन गर्न सक्ने साथै समस्याको समाधान पनि सुझाउनु भएको कारण उनलाई युगनिर्माण अभियान नेपालले युगद्रष्टाको रुपमा सम्मान गरिएको थियो । पचास भन्दा धेरै पुस्तकको लेखन तथा सम्पादन गरिसकेका डा.निर्मलमणि अधिकारीका नयाँ र वर्तमान समयमा सान्दर्भिक एक दर्जन पुस्तकहरु एप मार्फत निशुल्क पढ्न सकिने छन् ।

फेस्टका संस्थापक तथा सिइयो इं. विक्कि महतले भने, ‘युगद्रष्टाले लेख्नु भएको राजनीतिक सिद्धान्त पहिलो संस्करण राज्यराष्ट्र नेपाली भाषा, नेपाल भाषा, भोजपुरी भाषा, मैथली भाषा पढ्नसकिने भएको छ । त्यसै गरी राज्यराष्ट्र द्रोस्रो संस्करण, महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय, वैज्ञानिक सत्ययुगको आधारशीला, वेद र वैदिक हिन्दू धारा, नेपालको पुनर्जागरको अर्थ र आधार, सहृदयता दर्शनको प्राक्थन सहित चर्चित पुस्तकहरु एपमा उपलव्ध छन् ।’

एपमा युगद्रष्टाको परिचयका साथै उनले गरेका महत्वपुर्ण कार्यहरुको छोटकरीमा जानकारी दिएको छ । उनले हालसम्म गरेका प्राज्ञिक सोध तथा प्रतिपादन गरेका सिद्धान्तका बारेमा पनि एपमा जानकारी राखिएको फेस्टका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताए।

साथै फेस्ट कम्पनिले लकडाउनको बेला ४०० भन्दा धेरै विद्यार्थीहरुलाई अनलाइन मार्फत प्रोग्रामिङ ल्याङ्वेज सी र सी प्लस प्लस निशूल्क पढाएको थियो ।

फेस्ट कम्पनिले नेपाली वर्णमाला, आदी डिजिटल एपहरु निशुल्क गुगल प्ले स्टोरमा सार्वजनिक गरिरहेको छ । फेस्ट कम्पनिले विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था पनि गरिरहेको जनाएको छ ।

यदि तपाईँपनि युगद्रष्टा चलाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: २४ मंसिर २०७७, बुधबार

ताजा समाचार