५१ प्रतिशत घरपरिवारमा इन्टरनेटको पहुँच, झण्डै ८० प्रतिशत महिलाले चलाउँछन् आफ्नै मोबाइल

Technology Khabar २४ मंसिर २०७७, बुधबार

५१ प्रतिशत घरपरिवारमा इन्टरनेटको पहुँच, झण्डै ८० प्रतिशत महिलाले चलाउँछन् आफ्नै मोबाइल

काठमाडौं ।

नेपालमा हालसम्म ५१.१ प्रतिशत घरपरिवारमा इन्टरनेटको पहुँच पुगेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल वहुसूचक सर्वेक्षण २०७५/७६ काअनुसार अनुसार प्रत्येक दुई जनामध्ये १ जनामा इन्टरनेटको पहुँच पुगेको पाइएको हो ।

विभागका अनुसार, १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९.३ प्रतिशत महिलामा आफ्नै मोबाइल फोन रहेको छ ।

यस्तै ९२.४ प्रतिशत महिलाहरूले गत तीन महिनामा मोबाइल फोन प्रयोग गरेका छन् ।

विभागका अनुसार १५–४९ वर्ष उमेर समूहका पुरुषहरूमध्ये ९१.४ प्रतिशत पुरुषहरूसँग आफ्नै मोवाइल फोन रहेको छ । ९६.८ प्रतिशत पुरुषहरूले गत तीन महिनामा मोबाइल फोन प्रयोग गरेका छन् ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार,१५–४९ वर्ष उमेर समूहका ४.१ प्रतिशत महिलाहरूले हप्तामा कम्तीमा एक पटक पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने गरेको पाइएको छ भने १२.९ प्रतिशत पुरुषहरू यसमा संलग्न छन् ।

Global Bank
easy care

प्रकाशित: २४ मंसिर २०७७, बुधबार