तेस्रो पक्षबाट समेत प्रगति बिबरणको समीक्षा हुनुपर्ने सञ्चार मन्त्री गुरुङको भनाई

Technology Khabar २३ मंसिर २०७७, मंगलवार

तेस्रो पक्षबाट समेत प्रगति बिबरणको समीक्षा हुनुपर्ने सञ्चार मन्त्री गुरुङको भनाई
Classic Tech

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालय मातहतका कार्यालयहरुको प्रगति समीक्षाको क्रममा तेस्रो पक्षबाट पनि प्रगति बिबरणको समीक्षा गराउनुपर्ने बताएका छन् ।

आज आयोजित मन्त्रालय र मन्त्रालय सम्वद्ध १७ वटा निकायहरुको चालु आव २०७७।७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक मन्त्री गुरुङ्गले सो बताएका हुन् ।

उनले तेस्रो पक्षबाट पनि प्रगतिको समीक्षा हुनुपर्ने बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्ययोजना बनाई तोकिएका कार्यक्रम कार्यान्वयन गर्न जोड दिए।

त्यसैगरि मन्त्रालयसम्बद्ध निकायहरुको क्षेत्रगत समुहिकरण गरी अन्तर सम्बन्धित विषयमा समन्वयात्मक रुपले अघि बढ्न तथा १५ औ योजना, दिगो विकासका लक्ष्य, राष्ट्र पक्षधर सन्धि र सम्झौता, ‘समृद्ध नेपाल, सुखी नेपाली’ का सूचकहरुको आधारमा समेत आगामी दिनमा आफ्नो प्रगति विवरण पेश गर्न निर्देशन दिएका छन्।

सो बैठकमा मन्त्रालय एवं सम्वद्ध निकायहरुको चालु आवको प्रथम चौमासिक प्रगति विवरण प्रस्तुतिकरण एवं समीक्षा गरियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य मिन बहादुर शाहीले रुपान्तरणकारी आयोजनाको रुपमा रहन सक्ने डिजिटल नेपाल, सुरक्षण मुद्रण जस्ता कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यन्वयन गर्न सुझाब दिएका थिए । अन्तर मन्त्रालयगत समन्वयका विषय विगतका राष्ट्रिय विकास समस्या समाधान समितिमा समेत छलफलमा आइसकेको हुँदा समन्वयात्मक रुपमा कार्यक्रमहरु अघि बढाउन मन्त्रालयलाई अनुरोध गरे।

सोहि अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कार्यक्रममा निकायगत प्रस्तुतिकरणमा उठेका जग्गा प्राप्ति, बहुवर्षिय ठेक्का, मन्त्रालयगत समन्वय, कानूनी अड्चनका विषयमा मन्त्रालयले समयमा नै सम्बोधन गर्ने भएकोले कार्यक्रम कार्यान्वयन कार्ययोजना पुस्तिकामा समेटिएका कार्यक्रमहरु एवं मन्त्रालयको जिम्मेवारी भित्रका माईलस्टोनको प्रभावकारी कार्यन्वयन हुन निर्देशन दिएका थिए ।

TK Viber

प्रकाशित: २३ मंसिर २०७७, मंगलवार

Loading...