सूचना प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन

Technology Khabar २३ मंसिर २०७७, मंगलवार

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न निर्देशन

काठमाडौं ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सफलताका साथ कार्यसम्पादन गर्न सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।

प्रादेशिक सुशासन केन्द्र मुजेलियामा प्रदेश मातहतका कर्मचारीहरूको लागि आयोजित सूचना सञ्चार प्रविधि सम्बन्धी क्षमता अभिवृद्धि तालिमको सोमबार समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन्।

उनले आजको युग सूचना प्रविधिको युग भएको चर्चा गर्दै मुलुकको समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको औँल्याए।

फरक प्रसङ्गमा उनले कर्मचारीहरूको लागि अनुशासन आवश्यक रहेको भन्दै कर्मचारी तन्त्रमा अनुशासन कायम नभएसम्म विकास र समृद्धिको परिकल्पनासमेत गर्न नसकिने बताए।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव यमप्रसाद भुषालको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलले प्रदेशका कर्मचारीहरूलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र यसले भविष्यमा समेत निरन्तरता पाउने बताए।

कार्यक्रममा प्रादेशिक सुशासन केन्द्रका निर्देशक रुपेशकुमार साहले तालिमबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए। आजको गोरखापत्रबाट

Global Bank
easy care

प्रकाशित: २३ मंसिर २०७७, मंगलवार

ताजा समाचार