विण्डोज १० का प्रयोगकर्ताले कोर्टानासँग बोलेरै फाइल खोल्न सक्ने

Technology Khabar २३ मंसिर २०७७, मंगलवार

विण्डोज १० का प्रयोगकर्ताले कोर्टानासँग बोलेरै फाइल खोल्न सक्ने
Classic Tech

माइक्रोसफ्टले विण्डोज १० का प्रयोगकर्ताहरुका लागि नयाँ फिचर ल्याएकोछ । नयाँ फिचरअन्तरगत अब विन्डोज १० प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न वा सर्च गर्न सक्ने भएका छन् ।

कम्पनीले हालै देखिएका समस्याहरु समाधान गर्दै नयाँ सुबिधा थप गरेको हो । यसमा कम्पनीले विण्डोज १० प्रिभ्यू बिल्ड २०२७० मा नयाँ फिचर थप गरेको हो ।

माइक्रोसफ्टले कोर्टानाको प्रयोग गरेर फाइलहरुको व्यवस्थापन गर्न थालेको हो। यो फिचरलाई प्रयोग गर्न भने प्रयोगकर्ताको माइक्रोसफ्ट एकाउन्ट हुनुपर्छ।

माइक्रोसफ्ट एकाउन्ट आउटलुक डटकम या हटमेल डटकममा भएमा पनि यो फीचर प्रयोग गर्न सकिनेछ । साइन इन गरेपछि कोर्टानाको प्रयोगले पिसीमा रहेको जुन कुनै फाइल पनि बोलेरै खोल्न सकिन्छ ।

इन्टरप्राइज प्रयोगकर्ताले वानड्राइभको फाइल पनि कोर्टानाको प्रयोग गरेर खोल्न सक्छन् । यसका लागी वक्ताले अङग्रेजीमा बोल्नुपर्ने हुन्छ ।

फाइल खोज्न सबैलाई केही समय लाग्ने हुँदा यो फिचर एकदमै चर्चित बन्न सक्ने अनुमान लगाइएको छ ।

यसका साथमा कम्पनीले कीबोर्ड स्प्लीट मोड टच कीबोर्डमा सुधार नयाँ एडभान्स भ्यूलगायतका सुबिधाहरु ल्याएको छ । एजेन्सी

TK Viber

प्रकाशित: २३ मंसिर २०७७, मंगलवार

Loading...