अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायक मास्टरकार्ड र भिसा विवादमा, पोर्नहबसँगको सम्बन्धले समस्यामा

Technology Khabar २३ मंसिर २०७७, मंगलवार

अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायक मास्टरकार्ड र भिसा विवादमा, पोर्नहबसँगको सम्बन्धले समस्यामा

काठमाडौं ।

मास्टरकार्ड इंकले आइतबार पोर्नहब डट कमसँगको सम्बन्धको बारेमा हाल छापिएको एक अखबारको स्तम्भद्धारा लगाईएको आरोपको अनुसन्धान भइरहेको बताएको छ ।

हालै न्यूयोर्क टाइम्सका एक स्तम्भ छापिएको थियो जसमा वयस्क वेबसाइटमा पोस्ट गरिएका धेरै भिडियोले बाल दुर्व्यवहारलाई चित्रित गरेको लेखिएको छ।

पोर्नहब विश्वकै सबैभन्दा ठूलो अश्लिल भिडियोहरु भएको पोर्न साईट हो ।
निकोलस क्रिस्टोफद्धारा लिखित न्यूयोर्क टाइम्सको स्तम्भले पोर्नहबमा भिडियोहरूको बारेमा वर्णन गरेको थियो जसमा लेखकले त्यस्तो भिडियोहरु महिला बेहोश बनाईने गरेको र केटीहरूमाथि भएको आक्रमणको अभिलेख रहेको बताएका थिए।

क्रिस्टोफले शुक्रबार प्रकाशित स्तम्भमा यस्तो लेखेका छन् ‘मुद्दा अश्‍लील सामग्रीको होइन बलात्कारको हो। हामीले बच्चाहरू वा सहमति बिना अन्य कसैमाथि आक्रमणलाई बढावा दिन मिल्दैन भन्ने कुरामा सहमत छौं।

पोर्नहबले भने ती आरोपहरूको खण्डन गरेको छ।

मास्टरकार्डले भने पोर्नहबसँगको सम्बन्ध र त्यसको प्रमुख संचालन कम्पनी माइण्डगिकको बैंक खाताहरु अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
अर्बपति लगानीकर्ता बिल अक्सम्यानले मास्टरकार्ड र भिसा इंकलाई अस्थायी रूपमा पोर्नहबलाई भुक्तानी रोक्न अनुरोध गरेका छन्।

उनले अमेरिकी एक्सप्रेसलाई पनि कारबाही गर्न भनेका छन्, जबकि कम्पनीको कार्ड साइटमा स्वीकार्य छैन।

भिसाले यो आरोपहरु बारे अवगत भएको र सक्रिय रूपमा सम्बन्धित वित्तीय संस्थासँग अनुसन्धान गर्न संलग्न रहेको बताएको छ । जबकि भिसा पनि माइण्डगिकसँग सीधा संलग्न रहेको छ।

भिसा दुबैले सो प्रमाणित भएमा र गैर कानूनी कार्य गरेको भेटिएमा पोर्नहबसँगको सम्बन्ध तोड्ने जनाएको छ । रोयटर्स

Global Bank
easy care

प्रकाशित: २३ मंसिर २०७७, मंगलवार

ताजा समाचार