एप्पलले “म्याट ब्ल्याक फिनिश’मा आईफोन, आईप्याड र म्याकबुक ल्याउनसक्ने

Technology Khabar २३ मंसिर २०७७, मंगलवार

एप्पलले “म्याट ब्ल्याक फिनिश’मा आईफोन, आईप्याड र म्याकबुक ल्याउनसक्ने

काठमाडौं ।

आगामी समयमा एप्पलले आईफोन, आईप्याड, एप्पल वाच र म्याकबुक सहित म्याट ब्ल्याक फिनिशमा थुप्रै उत्पादनहरू सुरू गर्न सक्ने रिपोर्ट सार्वजनिक भएको छ ।

कम्पनीले हालसम्म कुनैपनि उत्पादनहरु म्याट ब्ल्याक फिनिशमा ल्याएको छैन् ।

कम्पनीले हालै दर्ता गरेको पेटेन्ट पेटेन्ट निवेदनअनुसार सो जानकारी बाहिर आएको हो ।

एप्पलले अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयमा प्याटेन्ट दायर गरेको छ। जसको शीर्षक ‘एनोडाइज्ड पार्ट विद ए म्याट ब्ल्याक अपियरेंस’ हो। यो अनुमान गरिएको छ कि एप्पलको वर्कशपमा अर्को उत्पादन म्याट ब्ल्याक फिनिशमा आउनसक्नेछ।

यस प्याटेन्ट नोटले यो पनि भन्छ कि म्याट ब्ल्याक फिनिश प्राप्त गर्नका लागि एल्युमिनियम, टाइटेनियम र इस्पात भएको धातुहरूलाई पनि उत्पादनहरू प्रयोग गर्न सकिनेछ।

अहिलेको समयमा केही विशेषज्ञहरू विश्वास गर्छन् कि यो पूर्णतया म्याट ब्ल्याक फिनिशिङ्ग हुन धेरै गाह्रो छ। बजारमा आउने प्रायः व्यावसायिक कालो उत्पादनहरू वास्तवमा गाढा खैरो वा निलो हुन्छन्।

एप्पलद्वारा पेश गरिएको पेटेन्टले भन्छ कि डाईको कणहरू मात्र एनोडाइज्ड लेयरको प्वालमा जम्मा गरेर कालो रंग प्राप्त गर्न पूर्ण छैन।

यद्यपि एप्पलले कहिले पनि म्याट ब्ल्याक म्याकबुक अफर गरेको छैन, कम्पनीले अन्य आईटमहरू जस्तै आईफोन सेभेनमा धेरै म्याट ब्ल्याक फिनिशको साथ प्रयोग गरेको छ।

केबल पेटेन्ट आवेदन प्रमाणको रूपमा लिन सकिदैन र त्यसकै आधारमा एप्पलले बजारमा एक म्याट ब्ल्याक फिनिश उत्पादन ल्याउने भनेर भन्न सकिँदैन् । तर पनि पर्दा पछाडि एप्पलले के गरिरहेको छ भन्ने बारे रोचक जानकारी हुन सक्छ।एजेन्सी

Global Bank
easy care

प्रकाशित: २३ मंसिर २०७७, मंगलवार

ताजा समाचार