सुबिसु केबलनेटको फाइभ गीगाहर्ज डुअल ब्याण्ड राउटरसहितको सेवा शुरु

Technology Khabar २२ मंसिर २०७७, सोमबार

सुबिसु केबलनेटको फाइभ गीगाहर्ज डुअल ब्याण्ड राउटरसहितको सेवा शुरु

काठमाडौं ।

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले फाइभ गीगाहर्ज डुअल ब्याण्ड राउटरसहितको इन्टरनेट सेवा सुरु गरेको छ।

यस अघि २.४ गिगाहर्ज सेवा दिँदै आएको कम्पनीले ग्राहकको इन्टरनेट अनुभवलाई अझ प्रभावकारी र गुणस्तरिय बनाउने उद्देश्यका साथ फाइभजी सेवा सुरु गरेको हो।

ग्राहकको माग र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै कम्पनीले समय समयमा सेवा विस्तार तथा परिमार्जन गर्दै आएको छ।

इन्टरनेटको बदलिँदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्न कम्पनीले फाइभ गीगाहर्ज डुअल ब्याण्ड राउटरसहितको सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।

कम्पनीका अनुसार फाइभ गीगाहर्ज ब्याण्डको राउटर प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकको इन्टरनेट अनुभवलाई अझ गुणस्तरिय बनाउने दाबी गरिएको छ।

Global Bank
easy care

प्रकाशित: २२ मंसिर २०७७, सोमबार