सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा

Technology Khabar २२ मंसिर २०७७, सोमबार

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा

काठमाडौं ।

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

अब ललितपुरको एकान्तकुना स्थीत यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग भुक्तनी गर्न सक्नेछन ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

easy care

प्रकाशित: २२ मंसिर २०७७, सोमबार