डिजिटल नेपालमा अपाङ्गता भएकाहरुका लागि नयाँ अवसर सिर्जना गरिने- सञ्चारमन्त्री गुरुङ

Technology Khabar २२ मंसिर २०७७, सोमबार

डिजिटल नेपालमा अपाङ्गता भएकाहरुका लागि नयाँ अवसर सिर्जना गरिने- सञ्चारमन्त्री गुरुङ
फाइल

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले अबको डिजिटल नेपालमा अपाङ्गता भएकाहरुका लागि नयाँ अवसर सिर्जना गरिने बताएका छन् ।

सरकारले नेपाललाई डिजिटल नेपाल बनाउन तीव्र काम गरिरहेको भन्दै नयाँ डिजिटल नेपालमा अपाङ्गगता भएकाहरुका लागि नयाँ अवसरका ढोकाहरु खुल्ला हुने उनको विश्वास छ । बाल अपाङ्ग टेवा संस्थाले आयोजना गरेको ह्वील चेयर बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रबिधिको प्रयोग मार्फत अपाङ्गता भएकाहरुले घरमै बसेर काम गर्नसक्ने बताए ।

मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणाअनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताए । ह्वीलचेयर बितरण कार्यक्रममा प्रमुख अतिथि गुरुङले अपाङ्गगता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्तादेखि विभिन्नखालका सुविधा दिनका लागि सरकारले अध्यादेश नै ल्याएको जानकारी दिए ।

कार्यक्रमका मन्त्री गुरुङले ५८ वटा ह्वीलचेयर अपाङ्गता भएका ब्यक्तिहरुलाई वितरण गरे ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार, बागमती प्रदेशका सांसद कुसुमकुमार कार्की लगायतको कार्यक्रममा सहभागिता थियो ।

वितरित ह्वीलचेयर अमेरिकी संस्था ह्वीलचेयर फाउन्डेसनको सहयोगमा प्राप्त भएको अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिए ।

शारीरिक रुपमा अशक्त २३ जना महिला एवम् ३५ जना पुरुषले सहाराको रुपमा ह्वीलचेयर प्राप्त गरेका छन् । उक्त कार्यक्रममा प्रदान गरिएका ह्वीलचेयर मध्ये शारीरिक रुपमा पूर्ण अशक्तले प्रयोग गर्ने ह्वीलचेयर (सीपी) १६ थान र एक्टिभ ह्वीलचेयर ४२ थान प्रदान गरिएकाे छ । गोरखापत्रअनलाइन

Global Bank
easy care

प्रकाशित: २२ मंसिर २०७७, सोमबार

ताजा समाचार