डिजिटल भुक्तानीका लागि माछापुच्छ्रे बैंकद्धारा कर्पोरेट पे प्रणालीको शुरुवात

Technology Khabar २२ मंसिर २०७७, सोमबार

डिजिटल भुक्तानीका लागि माछापुच्छ्रे बैंकद्धारा कर्पोरेट पे प्रणालीको शुरुवात

काठमाडौं ।

माछापुच्छ्रे बैंकले ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको शुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहकहरु (विभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) ले बैंकको मोबाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैँले फण्ड ट्रान्सफर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आइपिएस अथवा एनसिएचएल– आइपिएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।

साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा कर्पोरेट पे दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुदाँ माछापुच्छ्रे बैंकको डिजिटल माध्यम मार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहने बैंकले जनाएको छ।

easy care

प्रकाशित: २२ मंसिर २०७७, सोमबार