सहकारीका लागि गुरुको एकीकृत कोर बैंकिङ सिस्टम बजारमा

Technology Khabar २२ मंसिर २०७७, सोमबार

सहकारीका लागि गुरुको एकीकृत कोर बैंकिङ सिस्टम बजारमा

काठमाडौं ।

युवा सूचना प्रविधि व्यवसायीहरूद्वारा सञ्चालित एवं प्रवर्धित गुरु ईन्फोसिस प्रालिले सहकारी संस्थाहरूका लागि बहुउपयोगी एकीकृत गुरु कोर बैंकिङ सिस्टम बजारमा ल्याएको छ ।

सो सिस्टमभित्र एस.एम.एस. बैंकिङ, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, एटिएम बैंकिङ, मिस्ड कल बैंकिङ, ट्याबलेट बैंकिङ, एबीबीएस जस्ता अत्यधुनिक सेवा-सुविधा रहेको गुरु इन्फोसिसले जनाएको छ ।

गुरु कोर बैंकिङ सिस्टम Software as service  को अवधारणाका साथ बजारमा आएको छ ।

उक्त सफ्टवेयर क्लाउडमा आधारित भएकाले सहकारीको आफ्नो डाटामा चौविसै घण्टा सातै दिन सुरक्षित तवरमा पहुँच हुने कम्पनीले दाबी गरेको छ ।

गुरु कोर बैंकिङ सिस्टभित्र सदस्यहरूको शेयर, बचत, ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेज, स्प्रेड क्यालकुलेसन, कस्ट अफ फण्ड क्यालकुलेसन आदि मुख्य फिचर छन् भने अटो डे क्लोज र अटो ब्याकअप हुने भएकाले प्रयोगकर्ताले ब्याकप लिने र सुरिक्षत गर्ने झन्झटबाट मुक्त हुने बताईएको छ।

गुरुको मोबाइल बैंकिङ प्रयोग गरी सहकारीको खाताबाट बैंकमा रकमान्तर गर्न सकिने जनाइएको छ।

सहकारीका लागि चाहिने सम्पूर्ण सेवा सुविधा आफ्नै इकोसिस्टम (ecosystem) बाट दिन सकिने भएकाले सहकारीले कुनै सेवा सुबिधा को थर्ड पार्टी खोज्नु नपर्ने गुरु इन्फोसिसले जानकारी दिएको छ।

सफ्टवेयर अत्याधुनिक, सजिलो हुनुका साथै सम्पत्ति शुद्धीकरण, CURBS, PROBATION जस्ता गुण्स्तर सुनिश्चिततासँग सम्बन्धित समय सान्दर्भिक प्रतिवेदनहरू पनि सफ्टवेयरमा समावेश गरिएको छ  ।

गुरु इन्फोसिसले न्युरोड, काठमाडौं स्थित प्रधान कार्यालयलगायत चितवन, नवलपुर, रुपन्देही, बर्दिया, कास्की, मकवानपुर, पर्सा, सुनसरी जिल्लामा रहेका फिल्ड कार्यालयबाट सेवा सुविधा विस्तार गर्दै आएको जानकारी दिएको छ।

Global Bank
easy care

प्रकाशित: २२ मंसिर २०७७, सोमबार

ताजा समाचार