आरबीआइद्धारा एचडीएफसी बैंकलाई डिजिटल सेवा विस्तार गर्न रोक

Technology Khabar २१ मंसिर २०७७, आईतवार

आरबीआइद्धारा एचडीएफसी बैंकलाई डिजिटल सेवा विस्तार गर्न रोक
Classic Tech

भारतीय रिजर्भ बैंक (आरबीआइ) ले एचडीएफसी बैंकलाई कारबाही गरेको छ । आरबीआइले बैंकको डिजिटल सेवामा बारम्बार समस्या आएपछि प्रविधिमा लगानी बढाउन अनावश्यक रहेको भन्दै बिहीबार तत्कालका लागि डिजिटल सेवा विस्तार र क्रेडिट कार्ड जारी गर्न रोक लगाएको हो ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले डिजिटल बैंकिङमा रहेको सर्वसाधारणको भरोसा कमजोर हुन नदिनका लागि एचडीएफसी बैंकलाई कारबाही गरिएको बताए ।

बैंकले अझै धेरै लगानी प्रविधिमा गर्न आवश्यक रहेको उनको भनाई छ । बैंकको प्रविधिमा विगतका केही वर्ष देखि नै बारम्बार समस्या आउने गरेपछि बिहीबार कारबाही गरेको उनले बताए । उनका अनुसार बैंकको प्रविधिमा पछिल्लो समयमा आएको समस्याका बारेमा अध्ययन गरिरहेको छ ।

“डिजिटल बैंकिङ र इन्टरनेट बैंकिङमा नीजि क्षेत्रको सबैभन्दा ठुलो एचडीएफसी बैंक ठिकै छ,” दासले भने,“आरबीआईको चासो भनेको बैंकको केही कमजोरीका विषयमा हो ।”

आरबीआइको कारबाहीपछि बैंकले डिजिटल सेवा विस्तार गर्न भन्दा पहिला सुचना प्रविधिको बलीयो बनाउन तर्फ ध्यान दिने समेत उनले बताए । डिजिटल बैंकिङ प्रयोग गर्ने लाखै ग्राहकलाई एउटै समस्या बारम्बार आउने र घण्टैसम्म पनि समाधान नहुने अवस्थामा राखी राख्न नसक्ने उनको भनाई छ ।

आरबीआइले पछिल्लो समयमा डिजिटल बैंकिङलाई जोड दिइरहेको अवस्थामा सोही क्षेत्रको विश्वसनीयता कमजोर हुने खालका काम भएको अवस्थामा हेरेर बस्न नसकिने समेत उनले बताए । एचडीएफसी बैंक भारतमा सबैभन्दा धेरै क्रेडिट कार्ड जारी गर्ने बैंक हो । डिजिटल भुक्तानीको सन्दर्भमा पनि बैंकको हिस्सा ठुलो रहेको छ ।

एचडीएफसी बैंकका मूख्य कार्यकारी अधिकृत शशिधर जगदीशले बिहीबार नै ग्राहकसँग माफी माग्दै देखिएका कमी कमजोरीहरुलाइ सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । आगामी दिनमा सम्पुर्ण वित्तीय कारोबार प्रविधिमा आधारीत हुने भएकाले आरबीआइले बैंक वित्तीय संस्थाको प्राविधिक पुर्वाधारको विषेश चासो दिने गभर्नर दासले बताए । आगामी दिनमा पनि आरबीआइले वित्तीय कारोबार हुने प्राविधिक पुर्वाधारको विषमा विशेष चासो समेत दिने उनको भनाइ छ । एजेन्सी

TK Viber

प्रकाशित: २१ मंसिर २०७७, आईतवार

Loading...