ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न मिल्ने व्यवस्था छिटै लागु हुने

Technology Khabar २१ मंसिर २०७७, आईतवार

ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न मिल्ने व्यवस्था छिटै लागु हुने

काठमाडौं ।

कुनैपनि सवारीचालक ट्राफिक कारबाहीमा परि जरिवाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था छिटै लागु हुने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक जरिवाना नलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था छिटै लागु हुने बताएका हुन् ।

प्रहरी हेडक्वार्टरबाट भर्खरै सरुवा भएर महाशाखामा आएका एसएसपी भट्टराईले ट्राफिक कारबाहीमा परेका व्यक्तिहरुलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइनबाटै लिने व्यवस्था मिलाइएको पनि बताए ।

अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने उनी बताउँछन् ।

यसअघि नै महानगरीय ट्राफिक महाशाखाले अनलाइनबाट हराएका सवारी साधनहरुको उजुरी गर्ने, अनलाइन ट्राफिक कक्षा लिन सकिने लगायतका व्यवस्था गरिसकेको छ ।

easy care

प्रकाशित: २१ मंसिर २०७७, आईतवार

ताजा समाचार