यी हुन एप्पल एप स्टोरमा रहेका वर्षका उत्कृष्ट एप्स र गेमहरु

Technology Khabar २१ मंसिर २०७७, आईतवार

यी हुन एप्पल एप स्टोरमा रहेका वर्षका उत्कृष्ट एप्स र गेमहरु

काठमाडौं ।

एप्पलले आफ्नो एप स्टोरमा सबैभन्दा धेरै प्रयोग भएका र डाउनलोड भएका विभिन्न एप्सलाई श्रेणीबद्ध गर्दै वर्षको उत्कृष्ट एप्स सूची घोषणा गरेको छ । यो सूचीमा विभिन्न वर्गमा दश दश वटा एपहरुलाई समावेश गरिएको छ ।

एप्पलले हालै वर्ष २०२० का उत्कृष्ट एप तथा गेमको सूची सार्वजनिक गरेको छ । गत वर्षमा झैं यसपटक पनि एप स्टोरका एडिटरहरुले एपको गुणस्तर, रचनात्मक डिजाइन, प्रयोगकर्तामैत्री, एप्पल प्रविधिको प्रयोग आदि जस्ता आधारमा विजेता एपको छनौट गरेका हुन् ।

यी एपहरु एप्पलको आईफोन आईप्याड म्याक एप्पल वाच एप्पल टिभीमा प्रयोग भएको आधारमा सूचीबद्ध गरिएको हो ।

जसअनुसार घरमै व्यायाम गर्न सघाउने एप वेकआउट (Wekeout!) ले आईफोन एप अफ २०२० को उपाधी हात पारेको छ । यसलाई स्वतन्त्र डेभलपरले तयार पारेका हुन् ।

त्यसैगरि कोभिड१९ को संक्रमणले लकडाउनमा अत्यधिक प्रयोगमा आएको भिडियो कन्फ्रेन्सिङ एप जुम आईप्याड एप अफ २०२० बन्न सफल भएको छ।

म्याकका लागि भने फान्टास्टिकल एप अफ २०२० घोषित भएको छ । यो एप क्यालेन्डर एपको अल्टरनेटिभको रुपमा प्रयोग हुने गर्दछ ।

मनोरञ्जनात्मक एप डिज्ने प्लसले एप्पल टिभी एप अफ २०२० को उपाधी पाएको छ ।

एप्पल वाचका लागि भने उत्कृष्ट एपको उपाधी एन्डेल एपले हात पारेको छ ।

एप स्टोरमा यो वर्ष उत्कृष्ट गेमको उपाधी आईफोनका लागि जेनसिन इम्प्याक्टले हात पारेको छ भने आईप्याडका लागि लिजेण्ड अफ रनटेरा एप अफ २०२० घोषित भएको छ ।

म्याक गेम अफ दि इयर डिस्को लाइसम भएको छ भने एप्पल टिभी गेम अफ दि इयर डान्डारा ट्रायल अफ फियरले पाएको छ ।

यस बाहेक एप्पलले एप ट्रेण्ड अफ दि इयरको रुपमा पनि केहि एप्सलाई राखेको छ । जसमा शाइन, एक्सप्लेन एभ्रिथिङ्ग ह्वाइटबोर्ड, कारिबु, पोकेमन गो र सेयर दि मिल रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: २१ मंसिर २०७७, आईतवार