घरबाटै काम गरिरहनुभएको छ, त्यसोभए यसरी बढाउनुहोस् आफ्नो ल्यापटपको ब्याट्री लाइफ

Technology Khabar २० मंसिर २०७७, शनिबार

घरबाटै काम गरिरहनुभएको छ, त्यसोभए यसरी बढाउनुहोस् आफ्नो ल्यापटपको ब्याट्री लाइफ
Classic Tech

कोरोनाभाइरसको महामारी पछि मानिसहरु घरबाटै काम गरिरहेका छन भने डिजिटल कार्यको प्रयोग निकै बढेको छ । नेपालमा पनि डिजिटल वर्क, डिजिटल क्लास, डिजिटल मिटिङ्गको प्रचलन निकै बढेको छ । यस्तो बेलामा अधिकांशले घरमा भएको आफ्नो ल्यापटप प्रयोग गरिरहेका हुन्छौं।

हामीले आफ्नो ल्यापटप निरन्तर प्रयोग गर्दा छिटै चार्ज सकिएर पटक पटक चार्ज गर्नुपर्ने अवस्था आईरहेको हुन्छ । यही समस्यालाई केही हदसम्म समाधान गर्न हामी यहाँ तपाईलाई ल्याप्टपको ब्याट्रीलाईफ बढाउन बारे केही टिप्स दिदैंछौं।

विन्डोज ब्याट्री पफर्मेन्स स्लाइडरको प्रयोग गर्ने

विन्डोज ब्याट्री पफर्मेन्स स्लाइडरले ब्याट्री चल्ने समयको वृद्धि गरिदिने गर्दछ । यसमा रहेको बेस्ट पफर्मेन्स मोडले ल्यापटपमा ब्याट्रीलाई प्राथमिकता दिएर बचाउने काम गर्दछ । बेटर ब्याट्री मोडले लामो ब्याट्री लाइफ दिने गर्दछ । ब्याट्री सेभर मोडले भने डिस्प्ले ब्राइटनेसलाई ३० प्रतिशतले कम गरिदिने गर्दछ । विन्डोजको अपडेटहरुलाई पनि डाउनलोड हुन दिदैन् । ब्याकग्राउण्डमा पनि खासै एपहरुलाई चल्न दिदैन् । यसरी ब्याट्री खपत कम हुने गर्दछ ।

थोरै एप्स र फ्लाइट मोडको प्रयोग

नेटिफिकेसनहरुले हैरान नपारिकनै काम गर्न मनभएमा फ्लाइट मोडलाई सुचारु गर्न सकिन्छ । यसले ब्याट्री पनि कम खपत गर्ने गर्दछ ।

धेरै एपहरु पनि खोलिरहँदा त्यसले ब्याट्रीको खपत बढाउने गर्दछ, त्यसैले आफूलाई चाहिने जति एपहरु मात्रै खोल्नुपर्छ । ब्याकग्राउण्डको एपलाई बन्द गरेर पनि धेरै पावर जोगाउन सकिन्छ।

डिस्प्ले र ग्राफिक सेटिङ्ग मिलाउने

शक्तिशाली खालको ग्राफिक प्रोसेसर भए त्यसलाई गेम या ग्राफिक इन्टेन्सिभ एपले मात्रै प्रयोग गर्नुपर्दछ तर अरु एपले पनि चलाइरहेको हुन सक्छ, यस्तो भएको छ भने छुट्टा छुट्टै एपलाई आ–आफ्नै ग्राफिक प्रोसेसर दिन सकिन्छ । यसका लागी प्रोग्राम सेटिङ्ग ट्याबमा गएर कसले कुन ग्राफिक प्रोसेसिङ्ग चीप प्रयोग गर्न मिल्छ भन्ने थाहा हुन्छ ।

निरन्तर अनलाइनमा नबस्ने

हामी निरन्तर अनलाइन वा इन्टरनेटमा बस्दा त्यसले अधिक ब्याट्री खपत गर्ने गर्दछ । त्यसैले आवश्यक परेको बेलामा मात्र अनलाइन बस्ने र अन्य समयमा अफलाइनमा काम गर्न सकिने भए अफलाइनमा मात्र काम गर्दा पनि ब्याट्री खपत कम हुन्छ ।

ब्याट्रीको अवस्थामा ध्यान दिने

केही समयपछि पुरानो हुँदै गएपछि सबै ब्याट्रीले आफ्नो चार्ज गर्ने क्षमता गुमाउँदै जान्छन् । त्यही कारणले सबै प्रयोगकर्ताहरुले ब्याट्रीको अवस्थामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । धेरै दिन भइसकेर डिभाइसले चार्ज राम्ररी गर्न सकेन भने नयाँ किन्नुपर्ने पनि हुन्छ ।

ओरिजिनल चार्जरको प्रयोग

हामी अधिकांश समय सक्कली चार्जर नै प्रयोग गर्ने गर्दछौं । तर कहिलेकाँही अन्य चार्जरले चार्ज गर्नुपर्ने अवस्थामा त्यसले ब्याट्रीलाई क्षमताअनुसार चार्ज गर्न सक्दैन् । त्यसैले ल्यापटपको ब्राण्डअनुसार र त्यसको क्षमताअनुसारको मात्र सक्कली चार्जर प्रयोग गर्नुस् । जसले गर्दा चार्ज छिटो सकिने समस्या हुँदैन् ।

TK Viber

प्रकाशित: २० मंसिर २०७७, शनिबार

Loading...