यी हुन गुगल प्लेद्धारा सन् २०२० मा घोषित उत्कृष्ट एप्सहरु, तपाईँ पनि चलाउनु हुन्छ की

Technology Khabar १९ मंसिर २०७७, शुक्रबार

यी हुन गुगल प्लेद्धारा सन् २०२० मा घोषित उत्कृष्ट एप्सहरु, तपाईँ पनि चलाउनु हुन्छ की
Classic Tech

टेक जायन्ट गुगलले २०२० को लागि सर्वश्रेष्ठ मोबाइल एप र सर्वश्रेष्ठ गेम्स एपको सूची जारी गरेको छ।

प्रत्येक वर्ष गुगलले आफ्नो प्ले स्टोरमा एपहरूको प्रदर्शन र डाउनलोडको आधारमा यो सूची जारी गर्ने गर्दछ।

गुगलले तीन श्रेणीमा सूची जारी गरेको छ, जसमा सर्वश्रेष्ठ एप्स, गेम्स अफ द ईयर र च्वाइस अवार्ड २०२० सहित रहेका छन् ।

गुगलको तर्फबाट जारी सूचीअनुसार लुना: बेड टाइम काल्म एण्ड रिल्याक्स (Loóna: Bedtime Calm & Relax) लाई वर्षको उत्कृष्ट एपको अवार्ड दिईएको छ ।

त्यसैगरि जेनशिन इम्प्याक्ट (Genshin Impact) लाई सन् २०२० को उत्कृष्ट गेम एपको अवार्ड दिईएको छ ।

त्यसैगरि, गुगलले डिज्नेप्लसलाई यूजर च्वाईस अवार्ड प्रदान गरेको छ।

गुगलले यूजर च्वाइस मूभी अफ २०२० अवार्ड भने ब्याड ब्वाइज फर लाइफ मुभीलाई प्रदान गरेको छ । यूजर च्वाइस गेम अफ २०२० अवार्ड स्पन्जबबः क्रस्टी कुक अफ (Spongebob: Krusty Cook-Off) ले पाएको छ ।

गुगलकाअनुसार यी एपहरुले पनि विभिन्न अवार्ड हात पारेका छन् ।

  • वेस्ट एभ्रिडे इसेन्सियल क्याटगरी- कु (Koo), माइक्रोसफ्ट अफिस, द प्याटर्न, जेलिश र जूम क्लाउड मीटिंग्स
  • पर्सनल ग्रोथ क्याटगरी- अपना (apna), बोलकार (Bolkar), माइण्डहाउस (Mindhouse), माइस्टोर (MyStore), र राइट्को (Writco)
  • बेस्ट कम्पिटिटिभ गेम क्याटगरी- बुलेट इको (Bullet Echo), कार्ट राइडर रश प्लस (KartRider Rush+), लिजेण्ड अफ रनटेरा (Legends of Runeterra), (Rumble Hockey), रम्बल हक्की र टप वार: ब्याटल गेम (Top War: Battle Game)
  • बेस्ट हिडेन गेम्स क्याटगरी- सेफ बड्डी (Chef Buddy), फिनशट्स (Finshots), फ्लिक्स (Flyx), गोडच(goDutch) र मेडिटेट विद वाइसा (Meditate with Wysa)
TK Viber

प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार

Loading...