चीनको गुइझाओमा फाइभजीका १७ हजार स्टेशन निर्माण

Technology Khabar १८ मंसिर २०७७, बिहीबार

चीनको गुइझाओमा फाइभजीका १७ हजार स्टेशन निर्माण

काठमाडौं ।

चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा (फाइभजी) का लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ ।

स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको फाइभ–जी प्रविधि प्रयोग गर्ने लक्ष्यका साथ काम अघि बढेको जनाएका छन् ।

प्रान्तको औद्योगिक उत्पादनलाई सघाउन तथा स्मार्ट औद्योगिक पार्क र सरकारी सेवालाई प्रभावकारी तुल्याउन फाइभजी सेवालाई प्रयोगमा ल्याइने पनि अधिकारीहरुले बताएका छन् । सिन्ह्वा

Global Bank
easy care

प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

ताजा समाचार