Technology Khabar १७ मंसिर २०७७, बुधबार
दक्षिण कोरियाको हुन्डाई मोटर समूहले इलेक्ट्रिक भेहिकलको लागि छुट्टै प्लेटफर्म अर्को बर्षको शुरुवातमा प्रस्तुत गर्ने बताएको छ, जसले उत्पादन समय र लागत कटौती गर्न आफ्नै ब्याट्री टेक्नोलोजी प्रयोग गर्दछ।
यो योजनाले विश्वको प्रमुख पाँचौं अटो समूहले ग्लोबल ईभी बजारमा प्रमुख खेलाडी बन्ने प्रयासलाई जोड दिन्छ । विश्वभरि कार निर्माताहरूले ब्याट्री टेक्नोलोजी सुधार गर्न अरबौं डलर लगानी गरिरहेका छन्, जसले कम्बस्टन इन्जिन मोडलको तुलनामा ईभीको मूल्य उच्च राख्छ।
मार्केट लिडर टेस्लाले सेप्टेम्बरमा भनेको थियो कि यसको लक्ष्यले यसको ईभी ब्याट्रीको लागत आधा बनाउने छ र आफैंले मुख्य कम्पोनेन्टको बढी उत्पादन गर्नेछ जसले ईभीको मूल्य घटेर २५,००० डलरसम्म पुर्याइनेछ।
हुन्डाई ले यसको समर्पित इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म (ईजीएमपी)ले बिभिन्न ईभी मोडेलहरूमा आफ्नै ब्याट्री मोड्युल टेक्नोलोजी प्रयोग गर्न र कम्पोनेन्टहरूको संख्या ६० प्रतिशतसम्म घटाउने अनुमति दिनेछ।
ईजीएमपीमा आधारित इलेक्ट्रिक गाडीले एकल चार्जमा ड्राइभिग रेन्ज ५०० किलोमिटर प्रतिघण्टा वा अधिक प्रदान गर्दछ । यो कम्पनीको कोना ईभीबाट कम्तिमा २३ प्रतिशतको सुधार हो भने हुन्डाईको ईभी लाईनअपको बीचमा सबैभन्दा लामो ड्राइभिग रेन्ज मोडल पनि हुनेछ ।
हुन्डाई मोटर र यसको सिस्टर कम्पनी किया मोटर्सको संयुक्त लक्ष्य २०२५ मा १० लाख ईभी बेच्ने र इलेक्ट्रिक भेहिकलको क्षेत्रमा विश्वको तेस्रो ठूलो विक्रेता बन्ने हो।
यसले २०२५ सम्ममा ११ वटा अल इलेक्ट्रिक मोडलहरू सहित २३ वटा नयाँ ईभीहरू दिने प्रतिज्ञा गरेको छ । रोयटर्स
प्रकाशित: १७ मंसिर २०७७, बुधबार