सन् २०२६ सम्म साढे ३ अर्ब मानिस ५जी कनेक्सनमा, भारत, नेपाल र भुटानमा भने ३५ करोड ग्राहक

Technology Khabar १७ मंसिर २०७७, बुधबार

सन् २०२६ सम्म साढे ३ अर्ब मानिस ५जी कनेक्सनमा, भारत, नेपाल र भुटानमा भने ३५ करोड ग्राहक
सांकेतिक तस्बिर

काठमाडौं ।

एरिक्सनले हालै सार्वजनिक गरेको एरिक्सन मोबिलिटी रिपोर्टकाअनुसार २०२६ मा हरेक १० मोबाइल सदस्यताहरु मध्ये चार ५जी हुनेछन्।

प्रतिवेदनले २०२० को अन्तसम्ममा विश्वभर एक अरब भन्दा बढी मानिसहरूलाई ५जी कभरेजको पहुँच प्राप्त हुने अनुमान गरेको छ भने २०२६ सम्म विश्वको ६० प्रतिशत जनसंख्या फाईभजी कभरेजमा पुग्ने देखिएको छ ।

रिपोर्टकाअनुसार ५जी सब्सक्रिप्सन त्यसबेलासम्म पूर्वानुमानको साथ ३ अर्ब ५० करोड भन्दा बढि मानिसहरुमा पुग्नेछ ।

प्रतिवेदनका अनुसार २०६ को अन्तमा ५जीले भारत, नेपाल र भुटानमा मोबाइल सदस्यताको २७ प्रतिशत प्रतिनिधित्व गर्ने छ जसमध्ये सबैभन्दा धेरै भारतीय सेवाग्राहीहरु हुनेछन् ।

रिपोर्टकाअनुसार भारत, नेपाल र भुटानसहितको देशमा संयुक्तरुपमा ३५ करोड सदस्यता हुने अनुमान गरिएको छ।

यसले २०२० मा मोबाइल सदस्यताको ६७ प्रतिशत रहेको मोबाइल ब्रोडब्यान्ड टेक्नोलोजी २०२६ सम्ममा ९१ प्रतिशतमा पुग्नेछ जब मोबाइल ब्रोडब्यान्ड सदस्यताहरूको कुल संख्या १.२ अर्बको नजिक पुग्नेछ।

रिपोर्टले यो पनि नोट गर्यो कि भारत नेपाल र भुटानमा सन् २०१६ मा पनि एलटीई नै प्रमुख प्रविधि रहनेछ र मोबाइल सब्सक्रिप्सनको ६३ प्रतिशत हिस्सा ओगट्नेछ ।

*हेडलाइन सम्पादित

easy care

प्रकाशित: १७ मंसिर २०७७, बुधबार