आईफोनका लागि ह्वाट्सएपको नयाँ अपडेट, च्याटलाई वालपेपरले कस्टमाइज गर्न सकिने

Technology Khabar १६ मंसिर २०७७, मंगलवार

आईफोनका लागि ह्वाट्सएपको नयाँ अपडेट, च्याटलाई वालपेपरले कस्टमाइज गर्न सकिने
Classic Tech
Nepal Telecom

ह्वाट्सएपले आफ्नो आईफोन एपको प्रमुख अपडेट घोषणा गर्‍यो जसमा आफ्ना प्रयोगकर्ताहरूको लागि केही नयाँ-नयाँ सुविधाहरू ल्याउनेछ ।

नयाँ अपडेटमा व्यक्तिगत च्याटहरूको लागि नयाँ कस्टम वालपेपर, लाइट र डार्क मोडको लागि अलग ब्याकग्राउण्ड, स्टीकर सर्च, र अन्य विषयहरु राखेकोछ।

प्रयोगकर्ताहरूले पहिले नै ह्वाट्सएप च्याटहरूको लागि कस्टम वालपेपर सेट गर्न सक्दछन्, तर एउटै वालपेपर एपमा सबै च्याटहरूमा देखाइन्छ।

हालैको यो ह्वाट्सएप अपडेटका साथ व्यक्तिगत च्याटहरूको लागि कस्टम वालपेपर थप गर्दछ र प्रत्येकको लागि फरक वालपेपर हुनेछ।

अब तपाईं ह्वाट्समा प्रत्येक सम्पर्क वा समूहको लागि बिभिन्न वालपेपर सेट गर्न सक्नुहुनेछ, जसले कससँग कुरा गरिरहनु भएको छ भन्ने पहिचान गर्न सजिलो बनाउँदछ र एप भित्रका अनुभवलाई व्यक्तिगत बनाउँदछ।

ह्वाट्सएप च्याटलाई थप परिस्कृत बनाउनको लागि अझ थप ब्याकग्राउण्ड समेत तयार पारेको छ । वालपेपरको रुपमा प्रयोग गर्नका लागि प्रकृति र आर्किटेक्चरको कयौं तस्वीरहरु राखिएको छ । एजेन्सी

TK Viber

प्रकाशित: १६ मंसिर २०७७, मंगलवार

Loading...