हुन्डाईको ‘क्लिक टु वाई’ सेवा सुरु, अनलाइनमा गाडी किन्नेले १० हजारको सर्भिस भौचर पाउने

Technology Khabar १६ मंसिर २०७७, मंगलवार

हुन्डाईको ‘क्लिक टु वाई’ सेवा सुरु, अनलाइनमा गाडी किन्नेले १० हजारको सर्भिस भौचर पाउने
Classic Tech
Nepal Telecom

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्लिक टु वाई सेवाको सुरुवात गरेको छ । यसअघि नै यो सेवा सुरु भएको भएपनि अहिले अझैँ परिस्कृत रुपमा यसको सुरुवात भएको हो ।

अहिलेको कोभिड-१९ संक्रमणलाई ध्यानमा राख्दै परिस्थितीलाई सहज बनाउन कम्पनीले नयाँ विक्री माध्यमको विकास गरेको जनाएको छ । यस माध्यम मार्फत् ग्राहकहरुले सम्पर्क विहिन वा सिमित सम्पर्कमा सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुन्डाईको गाडी खरिद गर्न सक्नेछन् ।

ग्राहकले यस प्रणालीको प्रयोगबाट आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको कलरहरुको समेत छनौट गर्न सक्ने छन् ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै क्लिक टु वाई पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै गाडी बुक गर्न सक्नेछन् । साथै, ग्राहकको आवश्यकता अनुसार बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइन मार्फत गर्नसकिने छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले, क्लिक टु वाई सेवा मार्फत गाडी किन्ने ग्राहकलाई १० हजार रुपैयाँ सर्भिस भौचर प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले यस सर्भिस भौचरको प्रयोग हुन्डाईको नेपालभर रहेका कुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस र लुब्रीकेन्टको खरिदमा प्रयोग गर्न सक्नेछन् ।

TK Viber

प्रकाशित: १६ मंसिर २०७७, मंगलवार

Loading...