कोभिडले पारेको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यक: अर्थमन्त्री पौडेल

Technology Khabar १५ मंसिर २०७७, सोमबार

कोभिडले पारेको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यक: अर्थमन्त्री पौडेल

काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरस(कोभिड १९)ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न  निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेकोे बताएका छन ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडले विश्वमै असर पारेकाले नेपालमा पनि यसको ठुलो चुनौतिको विषय रहेकाले यसलाई कम गर्न सरकार एक्लैले नसक्ने भएकाले निजी क्षेत्रको सहकार्य अति आवश्यक रहेको बताएका हुन ।

सरकारले अग्रभागमा रहनुपरेपनि एक्लैले नसक्ने भएकाले यसका लागि निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको बताउँदै अर्थमन्त्री पौडेलले कोभिडले सिर्जना गरेका चुनौतिलाई कम गर्नका लागि सरोकारवाला निकाय सवैको योगदान अपरिहार्य रहेको बताए ।

विशेषगरी अहिले लगानी बृद्धि,उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ निजी क्षेत्रसँग सहयात्रा गर्ने बताउँदै अर्थमन्त्री पौडेलले  नेपाली अर्थतन्त्रलाई चलायमान गराई लगानी रोजगारी बृद्धिमा केन्द्रित भई अर्थतन्त्र तुल्याउने दिशातर्फ अगाडि बढ्ने बताए ।

सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्र बीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतिहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रीत गर्नुपर्ने बेला आएको अर्थमन्त्री पौडेलले भनाई छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न सरकारले विशेष कार्यक्रम आवश्यक रहेको बताए ।

अवको दिनमा समुन्नत मुुलुक निर्माणका लागि निजी क्षेत्र रणनीति बनाएर काम गर्न लागेकाले यसको लागि सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाई छ । महासंघले १० वर्षे रणनीतिपत्र तयार पारी आगामी एक सय दिनभित्रमा अन्तिम रुप दिई सार्वजनिक गर्ने बताउँदै अध्यक्ष गोल्छाले दिगो आर्थिक बृद्धि, रोजगारी, राजस्व बृद्धि गर्ने काम निजी क्षेत्रले गरेको बताए । समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रको योगदान पु¥याउन व्यसायी मैत्री बातावरण अपरिर्हाय रहेको बताउँदै उनले प्रत्यक्ष अनुदान, राजस्व छुट, साँवाब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापनको विषयमा सरकारले तत्काल सम्बोधन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए ।

दोहोरो दरको आर्थिक बृद्धि, वार्षिक चार लाख युवालाई रोजगारी सिर्जना, व्यापार घाटा न्युनीकरण गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन निजी क्षेत्र आतुर रहेको उनको भनाई छ ।

कृषि उत्पादनलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम ल्याउन, साना र मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन महासंघले सरकारसँग सहकार्य गर्न चाहेको  उनको भनाई छ ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको डुइङ बिजनेसमा लागत बढी रहेकाले त्यसको न्यूनीकरणका लागि सरकारले विशेष  ध्यान दिनुपर्ने बताए ।

कार्यक्रम नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कोभिडको प्रभाव पारेको अर्थतन्त्रलााई चलायमान बनाउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए।

सेजन अवार्डबाट ज्ञावली र थपलिया सम्मानित
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिदै आएको सेजन अवार्डबाट यसवर्ष छापातर्फ बालकृष्ण ज्ञवाली र विद्युतीय माध्यम तर्फबाट सोभित थपलियालाई प्रदान गरेको गरिएको छ । सेजनले वर्षभरी उत्कृष्ट समाचार वापत दुई जनालाई जनही ५० हजार नगद सहित सम्मान गरेको हो ।

त्यस्तै सो अवसरमा फेलोसिपतर्फ हाइड्रो फेलोसिप नयाँ पत्रिका दैनिकमा कार्यरत जीवन बस्नेत र स्वर्गीय सञ्जय न्यौपाने फेलोसिप कारोबार दैनिकमा कार्यरत लक्ष्मी सापकोटालाई प्रदान गरेको छ । हाइड्रो फेलोसिप २५ हजार र स्वर्गीय सञ्जय न्यौपाने फेलोसिप एक लाख रुपैयाँ रहेको छ ।

सेजन सम्मानबाट वरिष्ठ पत्रकार लक्ष्मण हुमागाईं, एकराज पाठक, लोकबहादुर चापागाईं र प्रशन्न चित्रकार सम्मानित भएका छन् । सेजनले प्रत्येक वर्ष वार्षिक उत्सवको अवसर पारेरर सो सम्मान र फेलोसिप प्रदान गर्दै आएको छ । 

Global Bank
easy care

प्रकाशित: १५ मंसिर २०७७, सोमबार

ताजा समाचार