निजामती कर्मचारीहरुको सरुवा अब अनलाइन प्रणालीबाट मात्र हुने

Technology Khabar १५ मंसिर २०७७, सोमबार

निजामती कर्मचारीहरुको सरुवा अब अनलाइन प्रणालीबाट मात्र हुने

काठमाडौं ।

अबदेखि निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाहेक अन्य प्रकारको निवेदनको कारबाही नहुने भएको छ।

आइतबारदेखि लागू हुने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै निजामती कर्मचारीको सरुवा र काजलाई व्यवस्थित गर्नका लागि अनलाइन सरुवा प्रणाली लागू गरेकाले अन्य प्रकारको निवेदनलाई मन्त्रालयले कारबाही नगर्ने भएको हो।

सरुवा र कामकाजलाई प्रविधिमैत्री बनाउँदै कम खर्चिलो, छिटो, छरितो, विश्वसनीय र त्रुटिरहित बनाउन कामकाज र पदस्थापनाको कामलाई अनलाइनको माध्यमबाट सरुवा प्रणाली सञ्चालन गरिएको मन्त्रालयका सहसचिव तुल्सी बहादुर श्रेष्ठले जानकारी दिए ।

यसको लागि मन्त्रालयले छुट्टै वेबसाइट https://saruwa.mofaga.gov.np/ समेत सञ्चालनमा ल्याएको छ भने सो वेबसाइटमा लगइन गरेर मागेको बिबरण भरेर निवदेन दिनुपर्नेछ । सो सफ्टवेयरले राष्ट्रिय किताबखाना (निजामती) को बिबरणको आधारमा मात्र कार्य गर्ने मन्त्रालयले जनाएको छ ।

यो सुबिधा हालको लागि संघका कर्मचारीहरुको लागि मात्र उपलब्ध रहेको छ ।

easy care

प्रकाशित: १५ मंसिर २०७७, सोमबार

ताजा समाचार