शिखर इन्स्योरेन्सको च्याटबट सेवा, इन्स्योरेन्स सेवाहरु भाइबर र फेसबुक मेसेन्जरमा

Technology Khabar १५ मंसिर २०७७, सोमबार

शिखर इन्स्योरेन्सको च्याटबट सेवा, इन्स्योरेन्स सेवाहरु भाइबर र फेसबुक मेसेन्जरमा

काठमाडौं ।

शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोगमार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन शुरु गरेको छ।

वर्तमान परिप्रेक्षमा बीमा कम्पनीसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकहरुले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र भाइबरबाट कम्पनीका विभिन्न सेवाहरु लिन सक्नेछन् ।

यसका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नुपर्नेछ भने भाइबरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । इन्टरनेटमा पहुँच रहेका ग्राहकहरुका लागि च्याटबट सेवा अति नै सहज, सरल र प्रभावकारी हुने शिखर इन्स्योरेन्सको विश्वास छ।

यस च्याटबटमार्फत ग्राहकले आफुले लिन चाहेका सेवा बारे जानकारी दिनासाथ शिखर इन्स्योरेन्स सम्बन्धित विभागले ग्राहकलाई सम्पर्क गर्नेछन् । यसले गर्दा ग्राहकहरुको समय बचत हुनुका साथै इच्छाअनुसारका सेवा तत्कालै लिन पाइने भएको छ।

ग्राहकहरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्नेछन् साथै आफ्ना सुझावहरु समेत दिन सक्नेछन् ।

यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ।

कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा यस किसिमको सेवाको शुरुवातसँगै ग्राहकहरुले अब घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्ने र स–सानो कुराको लागि कम्पनी धाउनुपर्ने बाध्यताको अन्त्य हुने शिखर इन्स्योरेन्सले बताएको छ।

Global Bank
easy care

प्रकाशित: १५ मंसिर २०७७, सोमबार

ताजा समाचार