Technology Khabar १५ मंसिर २०७७, सोमबार
भारतीय टेलिकम कम्पनी रिलायन्स जियोले फेरि एकपटक नयाँ जियोफोन भारतमा ल्याउने संभावना रहेको छ। रिपोर्टकाअनुसार यस पटक मुकेश अंबानीको कम्पनी रिलायन्स जियोले चिनियाँ स्मार्टफोन निर्माता भीभोसँग साझेदारी गर्न तयारी गरिरहेको छ।
भारतीय मिडियाहरुको रिपोर्टकाअनुसार रिलायन्स जियोले चिनियाँ कम्पनी भिभोसँग वार्ता गरिरहेको छ। यो नयाँ जियोफोन अन्तर्गत, कम्पनीले ओटिटि सदस्यतामा छुट प्रस्ताव प्रदान गर्न सक्दछ।
रिपोर्टमा यो भनिएको छ कि रिलायन्स जियोले अर्को पटक स्क्रिन रिप्लेसमेन्ट, सदस्यता र धेरै शपिंग अफरहरु आफ्नो आगामी जियोफोनको साथ पनि प्रस्ताव गर्नेछ। यद्यपि यसका लागि ग्राहकहरूले रिलायन्स जियोको मात्र सिम प्रयोग गर्नुपर्नेछ।
यसका साथै कम्पनीले भिभोसँग मात्र नभई लाभा र कार्बन जस्ता अन्य भारतीय स्मार्टफोन निर्माताहरूलाई पनि कुरा गरिरहेको छ। यस रिपोर्टमा भनिएको छ कि यी स्मार्टफोनको अधिकतम मूल्य ८ हजार भारु अर्थात करिब १३ हजार रुपैयाँसम्म हुन सक्छ।
रिलायन्स जियोले चिनियाँ ह्यान्डसेट निर्माता आईटेलसँग ४जी ह्यान्डसेटहरू निर्माणको लागि पनि साझेदारी गर्दैछ। यी स्मार्टफोनहरू ३,००० भारुदेखि ४,००० भारु मूल्य सम्ममा हुनेछन्।
रिलायन्सले जियोमा सस्तो ४जी ह्यान्डसेट ल्याउँदा पनि भारतीय बजारमा अन्य कम्पनीहरूबाट कडा प्रतिस्पर्धा बेहोर्नुपर्ने हुनसक्छ। किनभने हाल विभिन्न कम्पनीहरूले स्मार्टफोनहरू लन्च गरिरहेछन् जुन एकदम कम मूल्यमा पाईने ४जी फोन हुन् । एजेन्सी
प्रकाशित: १५ मंसिर २०७७, सोमबार