चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मोबाइल र इन्टरनेट बैंकिङमार्फत ८२ अर्बको कारोबार

Technology Khabar १५ मंसिर २०७७, सोमबार

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मोबाइल र इन्टरनेट बैंकिङमार्फत ८२ अर्बको कारोबार

कोरोनाभाइरसको संक्रमणको जोखिमसँगै सरकारले देशभर गरेको लकडाउनपछि नेपालमा मोबाइल र इन्टरनेट बैंकिङको प्रयोग निरन्तर बढिरहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मोबाइल र इन्टरनेट बैंकिङमार्फत ८२ अर्ब आठ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको त्रैमासिक तथ्यांकअनुसार साउन भदौ र असोज महिनामा इन्टरनेट बैंकिङका ६ लाख ९० हजार वटा कारोबारमार्फत १४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ ।

सार्वजनिक तथ्यांकअनुसार तीन महिनामा मोबाइल बैंकिङका १ करोड ९७ लाख वटा कारोबारमार्फत ६७ अर्ब ९३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मोबाइल बैंकिङमार्फत साउन महिनामा १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ, भदौमा २० अर्ब ३४ करोड रुपैयाँ र असोजमा २८ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरि साउनमा ३ अर्ब १० करोड रुपैयाँ, भदौमा ४ अर्ब ७४ करोड र असोजमा ६ अर्ब ३१ करोड रुपैयाँ इन्टरनेट बैंकिङमार्फत कारोबार भएको छ ।

TK Viber

प्रकाशित: १५ मंसिर २०७७, सोमबार

Loading...