Technology Khabar १४ मंसिर २०७७, आईतवार
सोशल मिडिया कम्पनी फेसबुकको क्रिप्टोकरेन्सी ‘लिब्रा’ आगामी जनवरीमा सार्वजनिक हुनसक्ने संभावना रहेको छ । फाइनान्सियल टाइम्सको एक रिपोर्टअनुसार फेसबुकको लिब्रा आगामी जनवरीमा सार्वजनिक हुनसक्ने छ ।
सुरुमा लिब्रालाई सार्वजनिक गर्दा यसले अरु कुनै विश्वको करेन्सीसँग नजोडिईकन एउटा नयाँ छुट्टै डिजिटल करेन्सीको रुपमा स्थापना हुने भनिएको थियो । यो विश्वका थुप्रै करेन्सीहरुको मिश्रणले बनेको थियो। जसमा फेसबुकसहित विश्वका प्रमुख टेक कम्पनीहरुको लगानी रहेको छ।
सन् २०१९ मा नै सार्वजनिक गर्ने योजना रहेको लिब्रालाई धेरै देशका केन्द्रीय बैंकहरुले यसलाई स्विकार गर्न नमानेपछि यसको काम रोकिएको थियो । अब भने लिब्रा एसोसिएसनले यसलाई परिमार्जित गर्न काम शुरु गरेको छ । अहिले कम्पनी एकल मुद्रा रहेको स्टेबलक्वाइनमा काम गर्न थालेको छ ।
यसअघि अमेरिकी सरकारले पनि यसलाई अनुमति दिन ढिलाई गरेसँगै कतिपय लगानीकर्ताहरु सो एसोसिएसनबाट बाहिरिएका थिए ।
प्रकाशित: १४ मंसिर २०७७, आईतवार