फोरजी नेटवर्क जोडिएपछि पनि स्मार्टफोनमा छिटो चल्दैन इन्टरनेट, त्यसोभए अपनाउनुस यो ट्रिक

Technology Khabar १४ मंसिर २०७७, आईतवार

फोरजी नेटवर्क जोडिएपछि पनि स्मार्टफोनमा छिटो चल्दैन इन्टरनेट, त्यसोभए अपनाउनुस यो ट्रिक
Classic Tech
Nepal Telecom

आजको युगमा, प्रायः प्रयोगकर्ताहरूले फोरजी नेटवर्कहरू प्रयोग गरिरहेका छन्। तर फोर जी नेटवर्क भए पनि धेरै पटक तपाईँको स्मार्टफोनमा इन्टरनेटको गति धेरै सुस्त हुने गर्दछ।

यस्तो अवस्थामा, तपाईं स्मार्टफोनमार्फत आवश्यक काम गर्न सक्नुहुन्न र तपाईंले धेरै समस्याको सामना गर्नुपर्दछ। यस्तो अवस्थामा हामी तपाईंलाई त्यस्तो ट्रिक बताउन लागिरहेका छौं जसबाट तपाईंले आफ्नो फोरजी नेटवर्कको पूर्ण आनन्द लिन सक्नुहुनेछ।

फोरजी नेटवर्क म्यान्युअल्ली छनौट गर्नुहोस् – मोबाइलमा फोरजी सिम राख्ने बित्तिकै नेटवर्क सेटिङ्गस यस ब्यान्डमा सेट हुनेछ। तर कहिलेकाँही तपाइँले आफ्नो नेटवर्क म्यानुअलरुपमा सेट गर्नुपर्छ। अन्यथा तपाईंको फोनमा इन्टरनेटको गति सुस्त हुनसक्नेछ। यसको लागि तपाईँको फोन सेटिङ्गसमा जानुहोस् र नेटवर्क सेटिंग्समा ट्याप गर्नुहोस्। यहाँ तपाईंको मनपर्दो नेटवर्क टाइपमा फोरजी वा एलटिई छनौट गर्नुहोस्। अब तपाईं आफ्नो फोनको गतिमा केहि फरक देख्नुहुनेछ।

स्मार्टफोनमा भएका केहि एप्सले नेटवर्क सुस्त – कहिलेकाँही तपाईंको स्मार्टफोनमा नेटको सुस्त गति फोनमा इन्स्टल गरिएका एप्सहरुको कारणले पनि हुन्छ। जुन बुझ्नको लागि केही कठिन रहेकोछ। किनकि धेरै जसो प्रयोगकर्ताहरूले बुझ्छन् कि जब हामी एप वा वेबसाइट खोल्दछौं केवल त्यसबेला मात्र डाटा खपत हुन्छ। तर यो सोच नै गलत छ। किनभने त्यहाँ त्यस्ता धेरै एपहरू छन् जसले ब्याकग्राउण्ड डाटा खपत गर्दछन जबकि तिनीहरू प्रयोगमा हुँदैनन्। यसलाई रोक्नको लागि, तपाईंले डाटा सेटिंग्समा जानुपर्नेछ र कुन एप्सले पृष्ठभूमिमा अधिक डाटा खपत गर्दैछ भनेर जाँच गर्नुपर्दछ।

क्यास हटाईरहने पनि एक तरिका –  तपाईको फोनमा जति धेरै फाईलहरू हुन्छन त्यति नै स्पीड कम हुने गर्दछ । त्यसैले क्यास समय(समयमा खाली राख्नुपर्दछ। कम्तिमा हप्तामा एक पटक, तपाई आफ्नो फोनमा क्यास खाली गर्नुहोस। तपाईं एप स्टोरबाट क्याच अटो क्लीनरको पनि मद्दत लिन सक्नुहुनेछ।

TK Viber

प्रकाशित: १४ मंसिर २०७७, आईतवार

Loading...