Technology Khabar १४ मंसिर २०७७, आईतवार
निजी मोबाइल अपरेटर एनसेल आजियाटा लिमिटेडको नाफा पछिल्लो ९ महिनाको अवधिको तुलनामा करिब १० अर्ब रुपैयाँले कमी भएको देखिएको छ।
यसका साथै कम्पनीले पछिल्लो वित्तीय बिबरणअनुसार तेस्रो त्रैमासमा आम्दानी पनि करिब साढे ३ अर्ब कम गरेको देखिएको छ ।
एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियाटाले हालै सार्वजनिक गरेको सन् २०२० को तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार गत वर्षको तुलनामा कम्पनीले यस वर्ष करिब १० अर्ब रुपैयाँ न्यून आम्दानी गरेको छ ।
तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार गत वर्षको पहिलो ९ महिनासम्मको कुल आम्दानी ४१ अर्ब ४३ करोड ४० लाख रुपैयाँ रहेको थियो । तर यस वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ९ अर्ब ८२ करोड २० लाख रुपैयाँले घटेर ३१ अर्ब १६ करोड १४ लाख रुपैयाँ झरेको छ ।
यसका साथै कम्पनीले तेस्रो त्रैमासमा पनि आम्दानी ३ अर्ब ५४ करोड ५० लाख रुपैयाँ आम्दानी गुमाएको छ ।
कम्पनीले आम्दानी कम हुनुमा कोभिड पछिको अवस्था र अझै आर्थिक गतिबिधि सुचारु हुन नसकेको कारण लगानीकर्ताहरुलाई दिएको छ।
प्रकाशित: १४ मंसिर २०७७, आईतवार