Technology Khabar १२ मंसिर २०७७, शुक्रबार
स्मार्टफोनमा बचत गरिएको सयौं सम्पर्क नम्बरहरू डिलिट हुनुभन्दा खराब समय अरू कुनै हुन सक्दैन र यो धेरै कारणहरूले गर्दा हुन्छ। यदि तपाईँको सबै साथीहरू र परिवारका सदस्यहरूको सम्पर्क नम्बर फोन हराउँदा, चोरी हुँदा वा खराबीको कारणले डिलिट हुनजान्छ भने तिनीहरूलाई पुनः सेभ गर्न धेरै समय लिन सक्दछ।
यदि तपाईको फोनबाट पनि आवश्यक नम्बरहरू हराएको छ, भने तिनीहरूलाई गुगलको मद्दतले पुन फिर्ता गर्न सकिन्छ। साथै, यदि तपाईंले गुगल ड्राईभमा सम्पर्कहरू ब्याकअप लिनुभएको छैन भने तपाईंले तुरून्त ब्याकअप गर्नुहोस्।
तपाईं गुगल स्मार्टफोन वा सिम कार्डमा सम्पर्क नम्बरहरू सेभ गर्न सक्नुहुनेछ र गुगलमा सेभ गर्नुहोस्। यस पछि, यदि तपाईंले आफ्नो फोन हराउनुभयो, वा नयाँ फोन लिनुभयो भने पनि ती सम्पर्क नम्बरहरू सजिलैसँग पुन स्टोर गर्न सकिन्छ।
कुनैपनि पुरानो सम्पर्कहरू एक एन्ड्रोइड डिभाइसबाट अर्कोमा पुनर्स्थापना गर्न सकिन्छ।
गुगलमा सम्पर्कहरू स्टोर गर्न र रिस्टोर गर्न तपाईंले यी चरणहरू फलो गर्नुपर्नेछ-
एक्सपोर्ट गर्नुस् कन्ट्याक्टहरु (सम्पर्कहरू)
-तपाईंको एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटको कन्ट्याक्टस (सम्पर्क) एपमा जानुहोस्।
-माथि दायाँ देखिने मेनूमा ट्याप गर्नुहोस् र सेटिंग्समा जानुहोस्।
-यस पछि तपाईले एक्सपोर्टको विकल्प पाउनुहुनेछ।
-तपाईं कुन खाताबाट सम्पर्कहरू ब्याकअप गर्ने छनौट गर्न सक्नुहुनेछ।
-त्यसपछि Export to .VCF file फाईलमा एक्सपोर्ट गर्नुहोस् र सम्पर्कहरू ब्याकअप बन्नेछ।
स्वचालित ब्याकअप खोल्नुहोस्
जब तपाईं नयाँ स्मार्टफोनमा गुगल खाता सेटअप गर्दै हुनुहुन्छ, त्यसबेला गुगलले तपाईंलाई सोध्नेछ कि तपाईं फोनको डाटा गुगल ड्राइभमा ब्याकअप गर्न चाहानुहुन्छ भनेर ? यहाँ तपाईंले टगल गर्नुपर्नेछ। यस बाहेक, तपाई यसलाई आफ्नो फोनको सेटिंग्सबाट पनि परिवर्तन गर्न सक्नुहुनेछ।
-तपाईंको एन्ड्रोइड फोनको सेटिंग्स खोल्नुहोस्।
-यस पछि, सिस्टममा जानुहोस् र ब्याकअपमा ट्याप गर्नुहोस्।
-यहाँ गुगल ड्राइभमा ब्याकअपको (Back up to Google Drive) अगाडि देखाइएको टगल अन गर्नुपर्ने हुन्छ।
ब्याकपअबाट यसरी गर्नुस कन्ट्याक्टस रिस्टोर
प्रकाशित: १२ मंसिर २०७७, शुक्रबार