डिशहोमको ‘द स्ट्रिङ्गस शो’ को फाइनल प्रतियोगिता हुँदै

Technology Khabar ११ मंसिर २०७७, बिहीबार

डिशहोमको ‘द स्ट्रिङ्गस शो’ को फाइनल प्रतियोगिता हुँदै

काठमाडौं ।

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंगलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङ्गसको फाईनल प्रतियोगिता हुन लागिरहेको छ । दुई भागमा यस शो को प्रशारण रियालिटि टिभी मा १३ र १७ गते प्रशारण हुँदैछ ।

१३ गते शनिवार प्रतियोगिताको प्रशारण राति ८ः३० वजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे प्रशारण हुनेछ ।

प्रतिस्पर्धीहरु क्रमस शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई विचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागिरहेको हो । फाईनल प्रतियोगिता पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ । प्रतियोगिहरु मध्य]वाट विजेताको छनौट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको भोटिङ्गको आधारमा गरिनेछ । निर्णायकहरुमा युलिया कोईराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहनेछन् । प्रतियोगीलाई भोट गर्ने तरिकाको वारेमा थप जानकारीका लागि डिशहोमको आधिकारीक फेसबुक पेजमा गएर हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंगलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङ्गमा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु भएको थियो । विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगितामार्फत भरपुर मनोरञ्जन लिने डिशहोमले अपेक्षा राखेको छ ।

easy care

प्रकाशित: ११ मंसिर २०७७, बिहीबार

ताजा समाचार