Technology Khabar ११ मंसिर २०७७, बिहीबार
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को ५४ औं वार्षिक साधारण सभा पहिलोपटक भर्चुअल माध्यमबाट आयोजना भएको छ । महासंघको साधारण सभा प्रधानमन्त्री कार्यालयमा आयोजना गरिएको कार्यक्रम भर्चुअल माध्यमबाट भएको हो ।
साधारण सभा प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइन स्वीच थिचेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले इन्नोभेसन, प्रविधि र विज्ञानको प्रयोगलाई वृद्धि गर्दै आर्थिक गतिबिधि बढाउन उद्योगी व्यवसायीहरुलाई सुझाब दिएका थिए ।
कोभिड १९ को कारणले पहिलो पटक महासंघले जूम भिडियो कन्फ्रेन्सिङ्ग मार्फत आफ्नो साधारण सभा आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले अब डिजिटलमा आधारित सेवाहरु दिनुपर्ने भन्दै सरकारका गतिबिधिहरु डिजिटल माध्यममा ल्याउन अझै प्रयास गर्नुपर्ने बताईन् ।
भोली हुने बन्दसत्रसमेत जूममार्फत हुनेछ भने निर्वाचनमा मतदान प्रत्यक्षरुपमा हुनेछ ।
प्रकाशित: ११ मंसिर २०७७, बिहीबार