ग्यापुको मङ्सिर १२ गते ब्ल्याक फ्राइडे सेल, ६० प्रतिशतसम्म छुट पाईने

Technology Khabar ११ मंसिर २०७७, बिहीबार

ग्यापुको मङ्सिर १२ गते ब्ल्याक फ्राइडे सेल, ६० प्रतिशतसम्म छुट पाईने
Classic Tech
Nepal Telecom

लोकप्रिय नेपाली इ-कमर्श ग्यापु मार्केटप्लेसले मङ्सिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घोषणा गरेको छ ।

जस अन्तर्गत होम अप्लाइन्स र विभिन्न प्रकारका अल्कोहल खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

माछापुच्छ्रे बैकंसँगको सहकार्यमा ग्यापुले बैकंको प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको २० प्रतिशत क्यासब्याक दिने बताइएको छ । त्यस्तै  एनआईसि एसिया बैंक र प्रभु पेको सहकार्यमा २० प्रतिशत क्यासब्याक दिइने छ ।

त्यस्तै ग्यापुले ब्ल्याक फ्राईडे ज्याकपट पनि ल्याएको छ जसको भाग्यशाली बिजेताले ग्यास गिजर र होम थिएटर नि:शुल्क पाउने ग्यापुले जनाएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाल एप वा कम्पनीको  वेबसाइट मार्फत अर्डर गर्न सक्नेछन् ।

ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आईपिएस र ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् भने  डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैंकका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: ११ मंसिर २०७७, बिहीबार

Loading...