यसरी स्मार्टफोनको ब्याट्री लामो समयसम्म चलाउनुस्, चार्ज गरिरहने झन्झटबाट मुक्त हुनुस्

Technology Khabar १० मंसिर २०७७, बुधबार

यसरी स्मार्टफोनको ब्याट्री लामो समयसम्म चलाउनुस्, चार्ज गरिरहने झन्झटबाट मुक्त हुनुस्
Classic Tech
Nepal Telecom

स्मार्टफोन हाम्रो दैनिक दिनचर्याको अभिन्न अंग भईसकेकोछ । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ ।अझ लकडाउनपछि अनलाइन कक्षाका लागि त कतिपय स्मार्टफोनमै भर पर्ने गरेका छन् ।

तर फोन अधिक समय प्रयोग गर्दा ब्याट्री लामो समयसम्म नचल्न सक्छ । जसले गर्दा प्रयोगकर्तालाई नियमित काम गर्न समेत कठिन हुनसक्छ ।

यही समस्यालाई लक्षित गरी स्मार्टफोनको ब्याट्री लामो समय सम्म कसरी टिकाउने भनेर केही जानकारी लिएर आएका छौं ।

स्क्रीनको ब्राईटनेस मिलाउने

धेरै प्रयोगकर्ताले फोनमा ब्राईटनेसलाई ‘अटो’ सेटिङ्गमा राख्ने गर्छन् । यो फिचरले गर्दा फोनले अवस्था अनुसार ब्राईटनेसलाई हेरफेर गरिदिन्छ ।

अटो ब्राईटनेस प्रयोग गर्दा सजिलो भएता पनि यसले धेरै ब्याट्री खपत गर्न सक्छ । यदी ब्याट्री लामो समय चलाउनु छ भने ब्राईटनेसलाई कम गर्नुपर्ने हुन्छ ।

डिस्प्लेले सबै भन्दा बढी ब्याट्री लिने गर्दछ । ब्याट्री जोगाउन तपाईले फोनमा डार्क मोडको प्रयोग पनि गर्न सक्नु हुन्छ । स्क्रीनको स्क्रीन आउट हुने समय पनि एकदमै थोरै राख्नुपर्छ ।

ब्याकग्राउन्ड एप्सलाई हटाउने वा रोक्ने

होम बटन वा ब्याक बटन थिचेर मात्रै एप बन्द हुदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ । यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र ब्याट्री पनि जोगिन्छ ।

अनावश्यक विजेट्स तथा लाइभ वालपेपर प्रयोग नगर्ने

लाइभ वालपेपर प्रयोग गर्न त सबैलाई रमाइलो लाग्छ तर यसले धेरै मात्रामा ब्याट्री पनि लिदिन्छ र मोबाइललाई ह्याङ्ग गरिदिन पनि सक्छ । विडजेट्समा पनि मौसम र समाचारको जानकारी लिन त सजिलो हुन्छ तर यसले पनि फोनको ब्याट्री धेरै सकाइदिन्छ ।

आफ्नो फोनमा ब्याट्री सेभिङ फिचर

सबै फोनमा ब्याट्री सेभिङ्ग फिचर हुने गर्दछ । सामसङमा अल्ट्रा पावर सेभिङ्ग मोड , एचटीसीमा एक्सट्रीम पावर सेभिङ्ग मोड , सोनीमा स्टामिना मोड जस्तै थुप्रै किसिमको ब्याट्री सेभिङ फिचर हुन्छन् । त्यस्तो मोडलाई पहिचान गरेर आफ्नो फोनमा सुचारु गर्नुपर्छ ।

नचाहिने सिस्टमलाई बन्द गर्ने

आजकालको फोनमा एलटीई, एनएफसी, वाईफाई , जीपीएस र ब्लुटुथ हुने गर्दछ तर यिनीहरु मध्ये कुनैलाई पनि २४ घण्टा सम्मनै सुचारु गर्नु हुदैन् । आफ्नो वाईफाई नभएको अवस्थामा फोनले अर्को नजिकैको वाईफाई खोज्न थाल्छ ।

वाईफाईको काम नहुँदा बन्द गरियो भने यसले पनि धेरै ब्याट्री जोगाउन सक्छ । बुलुटुथ डिभाइससँग जोडिएको छैन भने त्यसलाई सदैव अफ राख्नुपर्छ र जीपीएसलाई पनि नेभिगेसनको बेलामा मात्रै सुचारु गर्नुपर्ने हुन्छ ।

TK Viber

प्रकाशित: १० मंसिर २०७७, बुधबार

Loading...