डिजिटल भुक्तानीका लागि ज्योति विकास बैंक र खल्तीबीच सम्झौता

Technology Khabar ९ मंसिर २०७७, मंगलवार

डिजिटल भुक्तानीका लागि ज्योति विकास बैंक र खल्तीबीच सम्झौता

काठमाडौं ।

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पश्‍चात् ज्योति विकास बैंक मार्फत ग्राहकहरुले खल्तीमा मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सीधै पैसा लोड गर्न सक्नेछन ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा खल्तीका तर्फबाट कम्पनीका निर्देशक सुमित अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतासँगै अब ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: ९ मंसिर २०७७, मंगलवार