एलन मस्क विश्वकै दोश्रो धनाढ्य बन्न सफल, टेस्लाको सेयर भाउ बढेसँगै सम्पत्तिमा वृद्धि

Technology Khabar ९ मंसिर २०७७, मंगलवार

एलन मस्क विश्वकै दोश्रो धनाढ्य बन्न सफल, टेस्लाको सेयर भाउ बढेसँगै सम्पत्तिमा वृद्धि

काठमाडौं ।

टेस्लाका संस्थापक एलन मस्क संसारकै धनाढ्यहरूको सूचीमा एक स्थानमाथि उक्लँदै दोश्रो धनाढ्य बन्न सफल भएका छन्।

उनले मंगलबार बिल गेट्सलाई तल पार्दै मस्कले दोस्रो स्थान ओगटेका हुन्।

मस्कको इलेक्ट्रिक कार निर्माण गर्ने कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै मंगलबार उनको नाम धनाढ्य सूचीमा दोस्रो स्थानमा पुगेको हो।

मस्कले अघिल्लो हप्तामात्रै फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका थिए।

ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा रहेका थिए ।

ब्लुमवर्गका अनुसार टेस्लाको शेयर मूल्यमा वृद्धि आएसँगै ४९ वर्षिय मस्कको सम्पत्ति १२७ अर्ब ९० करोड डलर पुगेको छ । यो वर्ष मात्रै मस्कको १ खर्ब डलर भन्दा बढी सम्पत्ति थपिएको छ ।

टेस्लाको मार्केट भ्यालु पनि ५०० अर्ब डलर नजिक पुगेको छ ।

त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट छन् भने जुकरवर्ग थप एक स्थान तल झर्दै पाचौं स्थानमा पुगेका छन्। बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर धेरै छ।

मस्क संसारकै धनी जेफ बेजोफभन्दा एक स्थान पछाडि छन्। बेजोसको हालको सम्पत्ति १८२ अर्ब डलर बराबर छ। एजेन्सी

Global Bank
easy care

प्रकाशित: ९ मंसिर २०७७, मंगलवार