एफएनसीसीआईलाई सूचना प्रविधिमय बनाई अनुसन्धान तथा विकासमा ससक्त पार्छु- विप्लवमान सिंह

Technology Khabar ९ मंसिर २०७७, मंगलवार

एफएनसीसीआईलाई सूचना प्रविधिमय बनाई अनुसन्धान तथा विकासमा ससक्त पार्छु- विप्लवमान सिंह

काठमाडौं ।

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न ५४ औं अधिवेशन ११, १२ र १३ गते काठमाडौंमा आयोजना हुँदैछ । यस पटकको अधिवेशनले महासंघमा नयाँ नेतृत्व समेत चयन गर्दैछ । महासंघ नयाँ नेतृत्व छनौटको महायुद्धमा वरिष्ठ उपाध्यक्षको पदमा चन्द्र ढकाल र किशोर प्रधान दुई समुहमा व्यवसायीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

किशोर प्रधान समुहमा वस्तुगत संघ तर्फको उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठको नेतृत्वमा क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंहले समेत वस्तुगत संघ सदस्य पदका लागि प्रतिस्पर्धा गरिरहेका छन् । क्यान महासंघको प्रतिनिधिको रुपमा उम्मेदवार बनेका सिंहसँग आशन्न निर्वाचन र सूचना प्रविधिको बारेमा गरिएको कुराकानीको सम्पादित अंश ।

तपाईँको व्यवसायीक पृष्ठभूमी के हो र के गर्दै हुनुहुन्छ ?

म सूचना प्रविधि क्षेत्रमा सक्रिय रहेको छु । त्यसअघि पत्रकारको रुपमा पनि काम गरेको थिए र डेली डायरी पत्रिकामा काम गर्थे । १९८९ मा कास ट्रेड्रिङ्ग हाउसमा काम गर्न सुरु गरे । त्यो बेला सेल्स म्यानेजरको हिसाबले काम गरेको थिएँ । १९९४ मा कम्प्यूटर एडभान्स सिस्टममा सेल्सबाट काम गर्न सुरु गरेको हुँ ।

त्यसपछि सन् १९९७ मा मन्डला सिस्टम भनेर आफ्नै सफ्टवेयर कम्पनी स्थापना गरेर व्यवसाय गर्नतर्फ लागेँ ।

त्यसबेला नेपालमा २/४ वटा सफ्टवेर बनाउनेमा हामी पहिलो जस्तै थियौँ । ओर्याकलमा काम गर्ने हामी पहिलो थियौँ । म अहिलेको क्यान महासंघ र त्यसबेलाको कम्प्यूटर एसोसिएसन क्यान नेपालमा सन् २००० बाट प्रवेश गरेको हुँ । त्यसपछि क्यानमा उपाध्यक्ष २ कार्यकाल कार्यरत रहेको थिएँ । वरिष्ठ उपाध्यक्ष २ कार्यकाल भएँ भने दुई कार्यकाल अध्यक्ष भएँ ।

२००४/२००८ सम्म मेरो कार्यकाल हो । क्यानमा पूर्व अध्यक्षहरुको प्रेसिडेन्ट काउन्सिल छ र त्यसमा म अहिले पनि सदस्य छु ।

५ वर्ष अघि डिजिटल सिग्नेचरको नेपाल सटिफाईङ्ग कम्पनीमा अध्यक्ष भएको थिएँ । हाल क्यापिटल मार्केट टेक्नोलोजी नामक कम्पनीमा अध्यक्षको रुपमा कार्यरत रहेको छु ।

क्यानको अध्यक्ष हुँदा सरकारसँगको सहकार्यमा धेरै काम गरिएको थियो । क्यानको अध्यक्षको रुपमा सरकारी निकायका लागि उच्च स्तरीय आयोग अर्थात हाई लेबल कमिसन फर इन्फर्मेसन टेक्नोलोजीमा सदस्यको रुपमा मैले ४ वर्ष काम गरेको थिएँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पनि सदस्य रहेको थिएँ ।

नेपाल उद्योग बाणिज्य महासंघमा भने सन् २००३ देखि लागेको हो । कति चोटी हारियो, कति चोटी जितियो । एक कार्यकालमा कार्यसमिति सदस्य भएर पनि काम गरेँ ।

त्यो नहुँदा पनि आइसिटी डेभलपमेन्ट कमिटीमा सभापति, सहसभापति भएर काम गरेँ । अहिले सल्लाहकारको रुपमा काम गरिरहेको छु ।

नेपाल उद्योग बाणिज्य महासंघमा तपाईँको उम्मेदवारी किन ?

महासंघलाई एउटा गति दिन मैले पनि उम्मेदवारी दिएको छु । महासंघमा भूतहरुको धेरै प्रभाव भएको देखेर यसपाली त्यसलाई रोक्न मेरो उम्मेवारी हो । हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष शेखर गोल्छा राम्रो मान्छे र काम गर्ने मान्छे हुन । शेखर ज्यू जस्तो राम्रो मान्छे महासंघमा हुनुपर्छ ।
सरकारलाई पनि अर्थतन्त्र वृद्धि गर्नको लागि च्यालेन्ज छ । शेखर जी जस्तो काम अरु कसैले गर्दैन ।

म बेसिकल्ली स्ट्याटिसीयन हो । राम्रो वर्क फोर्स भयो भने टिम भयो भने कसरी देशको विकासमा कायापलट गर्न सकिन्छ वा भनौं रिइन्भेन्ट कसरी गर्न सकिन्छ । इकोनोमिकलाई रिभाइभ गर्न उहाँले सहयोग माग्नु भएको थियो र सल्लाहकारको हैसियतले गर्न सक्ने कन्ट्रिब्यूसन गरौं भनेर महासंघमा आएको हो ।

महासंघमा अन्जन श्रेष्ठको समुहबाट नै किन उम्मेद्वारी दिनुभएको हो ?

पहिला विग हाउसेजहरुमा प्रायोरिटी आइटीमा थिएन । आइटीमा इभेष्टमेन्ट ल्याउनु पर्छ भनेपछि अहिले धेरै ठूला घरानाहरु आइटी तर्फ लगानीमा लागेका छन् । त्यो प्रयास थियो त्यो बेला अहिले त्यो सफल भयो । सिजी, गोल्छा लगायत आए ।

हामीले महासंघमा अनलाईन सटिफिकेट अफ ओरिजिन लागू गर्न काम गर्यौं । अब कोभिडको बेलमा अनलाईनमा डिजिटल सिग्नेचर प्रयोग गरेर गर्नु राम्रो हो, यो ठूलो पक्ष हो ।

यसलाई सबैले कसरी प्रयोग गर्ने भन्ने कुरा हुन्छ । महासंघमा अहिलेसम्म आरएन्डडी (रिसर्च एण्ड डेभलपमेन्ट) छैन । फ्याक्ट एण्ड डाटा केही छैन हामीसँग ।

इन्टरनेश्नल सेक्टरमा बाहिरबाट आउने इन्भेष्टरहरुलाई सर्भे गर्न लगाएर त्यो डाटा बेच्छन् तर, नेपालमा त्यस्तो केही छैन । अहिले तथ्यांक विभागमा मेरै क्लास फेल साथी हाकिम भएर बसेको छ । हामीलाई चाहिने सर्भे उनीहरुसँग मिलेर गर्न सकिन्छ । गत वर्ष मात्रै आर्थिक सर्वेक्षण भएको छ। त्यसको उपयोग गर्न सकिन्छ । हामीले त्यसमा पाटनरसिप कसरी गर्न सक्ने भनेर सहकार्य गर्न सक्दछौं । आरएण्डी विङ्ग स्ट्रंग बनाउनै पर्दछ।

मेरो चाहिँ अरुलाई गाली गरेर विरोध गरेर भन्दा आफुले काम गरेर देखाउने स्ट्रयाटेजी हो । मैले काम गरेको विगत १७ वर्षदेखिको काम सबैले देखेका छन् नयाँलाई थाहा नहोला तर उहाँहरुले पनि मैले गरेको काम हेरेकै हुन् ।

यसअघि पनि महासंघमा सक्रिय हुनभएको थियो । त्यसबेला के काम गर्नुभयो ?

काम गर्ने दिनेश जीको अध्यक्षतामा मलाई एसोसियट्सबाट चुनाव हार्दा पनि महासंघमा लग्नु भएको थियो । उहाँ उपाध्यक्ष हुँदा मलाई सह सभापतिमा लानु भएको थियो । त्यो अहिलेसम्मको महासंघको स्वर्ण काल भन्छ ।त्यसमा गरिएका प्रोगामहरु सबै मैले लगेको थिए । त्यसबेला इमेज डायरेक्ट्री प्रकाशित गर्न मैले नै काम गरेको थिएँ । अहिले पनि मान्छेले त्यही हिसाबमा सम्झिन्छन् ।

त्यसोभए अब महासंघ गएर सूचना प्रविधिको क्षेत्रमा के नयाँ गर्नुहुन्छ ?

एउटा त म्यानेजमेन्ट इन्फर्मेशन सिस्टमको विकास गर्नुपर्यो, अर्को भनेको महासंघ र एईसी जस्तो संस्थालाई सूचना प्रविधिमय बनाउनुपर्यो । सो संस्थाले कृषिको विकास गर्न सूचना प्रविधिको प्रयोग गर्नुपर्यो । अब ठूलो/ठूलो जमिन कृषिको लागि आवश्यक पर्दैन् । त्यसैगरि नयाँ/नयाँ चिजहरु ल्याउने हो ।

मैले यसअघिदेखि भनिरहेको आरएण्डडीलाई ससक्त बनाउने हो । यसको लागि डाटा आवश्यक पर्दछ । आरएण्डडी र डाटाको लागि सरकारी निकायहरुसँग सहकार्य गर्न सकिन्छ । यसले महासंघ व्यपारीक क्षेत्र र देशले समेत फाईदा लिनसक्दछ ।

यसअघिका क्यानका प्रतिनिधिहरुले महासंघमा केहि गरेनन् तपाईँपनि फेरी जाँदा त्यस्तै त हुने होईन् भन्ने प्रश्न उठेको छ नी ?

त्यो प्रश्न नै गलत हो । क्यानबाट पहिलादेखि नै म आईरहेको हो । मैले त हारेको बेलामा पनि आईसिटी डेभलपमेन्ट कमिटीमा विराजी सभापति हुँदा म सहसभापति भएर काम गरेको थिएँ । म चुनेर गएको र आईसिटी डेभलपमेन्ट कमिटीको सभापति हुँदा मैले धेरै काम गरेको थिएँ र राम्रा मान्छे ल्याएको थिएँ । क्यानको अध्यक्षलाई नै सहसभापति बनाएर क्यानको प्रत्यक्ष सहकार्य गराएको थिएँ ।

क्यानले गरिरहेको विषयमा महासंघले केहि गर्ने होइन् । यहाँबाट त सरकारसँग नीतिमा लबिंग गर्ने हो ।

यसअघि क्यानबाट मैले एलेन बेलोचन तुलाधरलाई मैले नै लगेको थिएँ र अहिलेको कार्यसमितिमा मैले नै विनोद ढकालजीलाई जिताई दिएको हुँ, हाम्रै प्यानलमा राखेर । त्यसैले उहाँले मलाई सम्मानसाथ अहिलेको कमिटीमा सल्लाहकारको रुपमा राख्नुभएको छ ।

मलाई नै सल्लाहकारको रुपमा राख्ने मान्छेलाई त केहि भन्दिन् । तर देखिने किसिमको काम भने केहि गर्नसक्नुभएन् । अहिलेपनि उहाँ एसोशिएट्सबाट उठ्दै हुनुहुन्छ मेरो शुभेच्छा र शुभकामना छ, यसपाली दुबैजना गएपछि अझ ससक्तरुपमा काम होला ।

तपाईँलाई भोट किन दिने ? मतदाताहरुलाई के भन्नुहुन्छ ?

मेरा मतदाताहरुलाई काम हेरौँ कुरा मात्र गरेर के गर्ने भनेर भन्न चाहन्छु । हामीले नारा नै राखेका छौं, महासंघमा सुदृढिकरण र शुद्धिकरण आवश्यक छ । सबैलाई थाहा छ तर, भन्न नहुने र भन्न नसक्ने तत्वहरु छन् उनीहरुलाई कसरी हटाएर शुद्ध बनाउने ? पहिलो प्राथमिकता त्यो पनि हो । अर्को सुदृढ कसरी गर्ने ? सुदृढ भनेको अहिले बजार, जनमानस वा सरकारमा महासंघलाई हेर्ने दृष्टि छ । नराम्रो जून इमेज छ, यो फटाहा भन्ने बिचारलाई कसरी हटाएर महासंघलाई माथि लाने ? हामीले आर्थिक क्षेत्रलाई रिभाइभ गर्नुपर्छ । कोभिडले संसारभरी आर्थिक समस्या परेको छ ।

इमेज मात्र सुधार गरेर भएन इकोनिमीलाई रिभाइभ गर्नुपर्ने छ । त्यसमा पनि सानो इकोनोमीमा रिभाइज गर्न पनि हामीसँग खल्तीमा पैसा छैन । त्यसैले दिर्घकालिन काम गर्न हामी शेखर गोल्छाको टिमले ह्वाइट पेपर निकाल्दै छौँ र स्पष्ट मार्गचित्र राखेर सरकारसँग काम गर्नेछौं ।

Global Bank
easy care

प्रकाशित: ९ मंसिर २०७७, मंगलवार

ताजा समाचार