माइक्रोसफ्ट टिम्समा अब २४ सै घण्टा निःशुल्क भिडियो कल गर्न सकिने

Technology Khabar ८ मंसिर २०७७, सोमबार

माइक्रोसफ्ट टिम्समा अब २४ सै घण्टा निःशुल्क भिडियो कल गर्न सकिने
Classic Tech

माइक्रोसफ्टले भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूम तथा गूगल मिटलाई कडा टक्कर दिनका लागि टिम्सका प्रयोगकर्तालाई निःशुल्करुपमा दिनभर २४ सै घण्टा भिडियो कलिङ्ग गर्न सकिने सुविधा दिन थालेको छ ।

माइक्रोसफ्ट टिम्सका प्रयोगकर्ताले अब दिनभर निःशुल्क रुपमा भ्वाइस तथा भिडियो कल गर्न सक्ने भएका हुन् ।

भ्वाइस तथा भिडियो कल गर्न टिम्समा ३०० जना प्रयोगकर्ताले एकैसाथ २४ घण्टासम्म मिटिङ गर्न सक्नेछन् । नयाँ सुबिधाका साथ  माइक्रोसफ्ट टिम्स अन्य प्रतिस्पर्धीहरुभन्दा एक कदम अगाडी भएको छ ।

माइक्रोसफ्टले एक ब्लग पोष्टमा भनेको छ कि आउँदो महिनाहरुमा पनि प्रयोगकर्ताहरु सम्पर्कमा रहुन भनेर कम्पनीले २४ घण्टा निः शुल्क भ्वाइस र भिडियो कल प्रदान गरिरहेको छ। ३०० भन्दा बढि व्यक्ति भ्वाइस र भिडियो कलमा सामेल हुन सक्छन्। माइक्रोसफ्ट टिम्समा, प्रयोगकर्ताहरू अब २५० जनासम्मको समूह सिर्जना गर्न सक्षम हुनेछन् र भर्चुअल रूपान्तरणको बखत एकै साथ ४९ जनासम्म सदस्यहरूलाई हेर्न सकिनेछ।

यसका साथै माइक्रोसफ्ट टिम्समा नयाँ अपडेट पश्चात च्याट हिस्ट्रीलाई मोबाइल तथा कम्प्युटर दुवैमा सिंक गर्न सकिनेछ ।

डेक्सटपका अलावा माइक्रोसफ्टले चाँडै नै मोबाइल एपका लागि समेत नयाँ अपडेटहरु जारी गर्ने छ । जसमा व्यक्तिहरुसँग समेत च्याट गर्न सक्नुहुनेछ, जसको फोनमा पहिलेदेखि नै टिम्स एप इन्स्टल रहेको छ ।

यसबाहेक कम्पनीले केहि सुबिधाहरुलाई एकिकृत गर्दै कम्पनीले २० नयाँ एप्सहरु थपेको छ । यसअघि नै टिम्स एप स्टोरमा ७०० एप्स रहेका छन् ।

TK Viber

प्रकाशित: ८ मंसिर २०७७, सोमबार

Loading...