गूगल, फेसबुक र ट्विटरद्धारा पाकिस्तान छाड्ने चेतावनी, नयाँ कानूनमा आपत्ति

Technology Khabar ७ मंसिर २०७७, आईतवार

गूगल, फेसबुक र ट्विटरद्धारा पाकिस्तान छाड्ने चेतावनी, नयाँ कानूनमा आपत्ति
Classic Tech
Nepal Telecom

गूगल, फेसबुक र ट्विटर जस्ता ठूला प्रविधि कम्पनीहरुले पाकिस्तान छाड्ने चेतावनी दिएका छन् ।उनीहरुले पाकिस्तानको नयाँ कानूनलाई लिएर आपत्ति जनाएका छन् ।

पाकिस्तानले केही दिनअघि मात्रै सार्वजनिक गरेको नयाँ कानूनी प्रावधानलाई लिएर टेक कम्पनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वले बुधबार मात्रै इन्टरनेटको कन्टेन्टमा सेन्सरसिप लगाउन सक्ने कानून पारित गरेको थियो । सो कानून उलंघन गर्नेलाई जरिवाना समेत गर्न सकिनेछ ।

कानूनले पाकिस्ताको दूरसञ्चार क्षेत्रको नियामक निकाय पाकिस्तान दूरसञ्चार प्राधिकरणलाई कन्टेन्टमा सेन्सरसिप लगाउन सक्ने अधिकार दिएको छ ।

विश्व इन्टरनेट कम्पनीहरुको एसियाका लागि प्रतिनिधित्व गर्ने संगठन एसिया इन्टरनेट अलायन्सले इन्टरनेट कम्पनीहरुलाई लक्षित गरिएको पाकिस्तानको नयाँ कानून चिन्ताजनक रहेको उल्लेख गरेको छ । यो गूगल, फेसबुक र ट्विटर जस्ता टेक कम्पनीको प्रतिनिधि रहेका छन् ।

नयाँ कानुनअनुसार पाकिस्तानलाई हानी पुर्‍याउने, सरकारप्रति असन्तुष्टि पैदा गर्ने, पाकिस्तानको अखण्डता र सुरक्षामा चोट पुर्‍याउने खालका कुनै पनि गतिविधि अथवा डिजिटल कन्टेन्टलाई बन्द गर्न सक्ने अधिकार दिएको छ ।

त्यसैगरि सोसल मिडिया कम्पनी तथा इन्टरनेट सेवा दिने कम्पनीहरुले आवश्यक परेको खण्डमा जाँच एजेन्सीलाई सम्पूर्ण सूचना उपलब्ध गराउनुपर्नेछ । यस्तो सूचनामा सब्सक्राइबरको जानकारी, ट्राफिक डाटा र युजर डाटा लगायतका सम्पूर्ण विषय समावेश रहेका छन् ।

त्यस्तै सोसल मिडिया कम्पनीहरु र इन्टरनेट सेवा दिने कम्पनीहरुले इस्लामको अवहेलना कन्टेन्ट, आतंकवादलाई बढवा दिने सामग्री, अभद्र र अश्लील सामग्री प्रसारण गरेमा ३.१४ मिलियन डलरसम्म जरिवाना लगाउन सकिने जनाएको छ ।

नयाँ कानून घोषणा भएसँगै गूगल, फेसबुक र ट्विटर लगायतका प्रविधि कम्पनीहरुले पाकिस्तान छोड्न बाध्य हुनुपर्ने चेतावनी दिएका हुन् । एजेन्सी

TK Viber

प्रकाशित: ७ मंसिर २०७७, आईतवार

Leave a Reply

Loading...