हल्ट प्राइजको उद्यमशीलता सम्बन्धी टक सिरिज र सेमीफाइनल सम्पन्न, शीर्ष २० टिम छनौट

Technology Khabar ७ मंसिर २०७७, आईतवार

हल्ट प्राइजको उद्यमशीलता सम्बन्धी टक सिरिज र सेमीफाइनल सम्पन्न, शीर्ष २० टिम छनौट
Classic Tech
Nepal Telecom

हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज आयोजना भयो । सोही दिन हल्ट प्राइजको सेमी फाइनल कार्यक्रम पनि सम्पन्न भएको छ।

उद्यमी टक सिरिजको यो सातौं श्रृंखला थियो । ‘सस्टेनिङ्ग योर बिजनेस’ शीर्षकमा केन्द्रित रहने कार्यक्रमका लागि पूर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बा, बौद्ध भिक्षु तथा गायिका आनी छोइङ डोल्मा, मिडिया पर्सनालिटी तथा मोडल श्री पाण्डे, मिडिया पर्सनालिटी तथा पूर्व मिस टिन रोजिका पोखरेल, डिजिटल नेपाल कम्पनीका संस्थापक आदित्य राज र फिलिपिन्सबाट स्वान्टेल नेइटो उपस्थित थिए।

फिलिपिनी सामाजिक उद्यमी तथा बीएण्डबी सोल्युसनकी सहसंस्थापक स्वान्टेल नेइटो यस कार्यक्रमको मुख्य वक्त्ता थिईन्। उनले आफ्नो व्यवसाय कसरी दिगो बनाउने, बजारमा आफ्नो वस्तु तथा सेवाको उत्पादनको महत्व बढाउने र त्यसलाई स्थायीत्व कसरी गर्नेको बारेमा सिकाईन् ।

उक्त टक सिरिजमा माल्भिका सुब्बा, श्री पाण्डे र रोजिका पोखरेल प्यानल डिस्कसन भएको थियो । उनीहरूले आफ्नो काम, सक्रियता र मानवीय कर्मका बारेमा कुरा सुनाएर युवाहरुलाई परिवर्तनतर्फ अग्रसर कसरी गर्न सकिन्छ भन्ने ब्याख्या गर्नुका साथै आफ्नो सफलता र असफलता,आफ्नो कडा मेहेनत र महिला, अन्तरलैगीकहरूको अधिकारको बारेमा बोलेका थिए। उनीहरूले सबैलाई आन्टरप्रिनियरको यात्रामा कसरी अगाडी बढ्ने बारेमा बताउनु भयो र उक्त क्षेत्रमा जान सबैलाई हौसला पनि प्रदान गरेकोआयोजकको भनाई छ ।

यस्तैगरी हल्ट प्राइजको सेमिफाइलमा जजको रुपमा आनी छोइङ ड्रोल्मा, इ. आदित्य राज, अल्फा सेनोन, बिजनेस कोच तथा बिजनेस स्ट्राटेजी क्रिएटर रहेका थिए। उनीहरूले प्रतिस्पर्धीहरुको आइडियालाई प्रस्तुतिकरण सुनेर शीर्ष २० टिमलाई छाने।

साथै यस प्रत्योगितामा वाइल्ड कार्ड इन्ट्रीको समेत व्यवस्था छ ।

छनौट भएकाहरुले हल्ट प्राइज एट आईओई २०२०-२१को ग्राण्ड फाइनलमा प्रतिस्पर्धा गर्नेछन्, जुन ५ डिसेम्बरमा हुन लागिरहेको छ । शीर्ष ३ टिमहरू विदेशमा हुने “रिजनल प्रतिस्पर्धा”को लागी जान पाउनेछन् ।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले विभिन्न किसिमका पुस्कार तथा गीभअवेहरु पाउन सक्ने छन् ।

विजयी टिमले नौलो रेस्टुरेन्टको तर्फबाट चार हजार बराबरको फुड भौचर,  शीर्ष पाँच टिममा प्रत्येकलाई पाँच हजार बराबरको अनलिमिटेड होस्टिङ र शीर्ष तीन टिमका प्रत्येक सदस्यलाई पाँचसय रुपैयाँ बराबरको एम सेक्युरिटी एन्टीभाइरस एक वर्षलाई प्रदान गरिने कार्यक्रम आयोजकले बताएको छ ।

यस्तै हल्ट प्राइज आइओईका सबै सहभागीहरुले प्रतिमहिना पाँच डलर पर्ने टास्केड कोवर्किङ सफ्टवेयरको अनलिमिटेड भर्सन एक वर्षका लागि प्रयोग गर्न सक्ने आयोजकले जनाएको छ ।

TK Viber

प्रकाशित: ७ मंसिर २०७७, आईतवार

Leave a Reply

Loading...