वर्ल्डलिंक कम्युनिकेसन्स र आईमार्क विट्सा ग्लोबल आईसीटी एक्सीलेन्स मेरिट अवार्डबाट सम्मानित

Technology Khabar ५ मंसिर २०७७, शुक्रबार

वर्ल्डलिंक कम्युनिकेसन्स र आईमार्क विट्सा ग्लोबल आईसीटी एक्सीलेन्स मेरिट अवार्डबाट सम्मानित

काठमाडौं ।

वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विट्सा) ले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र आईमार्क प्रालिलाई विस्टा ग्लोबल आईसीटी एक्सीलेन्स मेरिट अवार्डबाट सम्मानित गरेको छ ।

मलेसियामा भइरहेको ‘टेकफेस्ट लाइभ एक्स रोड-टू-डब्लुसीआईटी मलेशिया २०२०’ को दोश्रो दिन विस्टाले वर्ल्डलिंकलाई ‘डिजिटल अपर्चुनिटी/ईन्क्लुजन अवार्ड’ र ‘आईमार्कलाइ कोभिड-१९ बेस्ट ईन्ड्रस्ट्रि सोलुसन’ बाट सम्मानित गरेको हो ।

विगत २० वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको ग्लोवल आइसिटी एक्सिलेन्स अवार्ड कार्यक्रम कोभिड- १९ महामारीका कारण यो वर्ष भर्चुअल माध्यमबाट गरिएको थियो ।

विश्व बैंकका सिनियर डिजिटल डेभलपमेन्ट स्पेस्लिस्ट ओलेग पेट्रोव, डिजिटल ट्रेड नेटवर्कका जेनेभा प्रतिनिधि निक एश्टन हार्ट लगाएत सात सदस्यिय छनौट समितिले विश्वका विभिन्न मुलुकबाट प्राप्त सयौं आवेदनहरुबाट ४१ वटा निजी कम्पनि तथा सार्वजनिक संस्थाहरुलाई अवार्डका निम्ति छनौट गरेको हो ।

नेपालको सूचना तथा संचार प्रविधिको विकास र विस्तारमा विशेष योगदान गरेबापत वर्ल्डलिंक सो पुरस्कार सम्मानित भएको हो । वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १० हजार बढी स्थानमा पब्लिक वाईफाई सेवा दिंदै आएको छ भने, दैनिक करिब १ लाख ५१ हजारले सो सेवा लिइरहेको छन् ।

कोभिड-१९ को महामारीसंग लड्न सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका निम्ति आईमार्क प्रालि सो पुरस्कारवाट सम्मानित भएको हो । आईमार्कले पायोनियर एसोसियट्स र आईडियल कन्सर्नसंगको सहकार्यमा नेपाल सरकारको निम्ति कोभिड एनपी कन्ट्याक ट्रेसिङ मोबाईल एप बनाएको थियो ।

साथै कम्पनीले कोभिड-१९ र यसको रोकथाम उपायहरूको बारेमा सिक्नको लागि सर्वसाधारण र स्वास्थ्यकर्मिहरुको निम्ति वेबमा आधारित प्लेट्फर्म (www.covid19.gov.np) उपलब्ध गराएको थियो ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टा विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ ।

क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया विस्टाको हालै सम्पन्न वार्षिक साधारणसभाबाट बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन् ।

Global Bank
easy care

प्रकाशित: ५ मंसिर २०७७, शुक्रबार

ताजा समाचार