नेपाल टेलिकमको अटम अफर २०२० मा परिमार्जन, यस्तो छ भ्वाइस सुबिधासहितको नयाँ अफर

Technology Khabar ५ मंसिर २०७७, शुक्रबार

नेपाल टेलिकमको अटम अफर २०२० मा परिमार्जन, यस्तो छ भ्वाइस सुबिधासहितको नयाँ अफर

काठमाडौं ।

नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याक (1 GB Per day Data Pack) लाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर मंसिर ५ गते शुक्रबार राती १२ बजे पश्चात लागु हुनेछ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) ल्याइएको टेलिकमले जानकारी दिएको छ ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

यो पनि हेर्नुहोस्-

परियोजनाहरुमा ढिलाई हुँदा सेवाको गुणस्तरमा असर परेको नेपाल टेलिकमद्धारा स्वीकार

Global Bank
easy care

प्रकाशित: ५ मंसिर २०७७, शुक्रबार