यी हुन् २०२० मा प्रयोग भएका सबैभन्दा खराब पासवर्ड, कतै तपाईँको पासवर्ड पनि पर्यो कि हेर्नुस्

Technology Khabar ५ मंसिर २०७७, शुक्रबार

यी हुन् २०२० मा प्रयोग भएका सबैभन्दा खराब पासवर्ड, कतै तपाईँको पासवर्ड पनि पर्यो कि हेर्नुस्
Classic Tech
Nepal Telecom

पासवर्ड म्यानेजर सलुसन प्रदायक नोर्डपासले २०२० को सबभन्दा खराब पासवर्डहरुको सूची जारी गरेको छ। यसमा जानकारी पनि दिइएको छ कि कति पटक पासवर्ड लीक भयो वा कति चोटि प्रयोग भयो भन्ने पनि उल्लेख छ। नोर्डपासले यसको रिपोर्टमा यो पनि उल्लेख गर्दछ कि पासवर्ड क्र्याक गर्न कति समय लाग्छ ।

रिपोर्टका अनुसार धेरै व्यक्तिहरु सजिलो पासवर्ड प्रयोग गर्दछन् ताकि तिनीहरूले यसलाई सजिलै सम्झन सकुन् तर त्यस्ता पासवर्डहरू सजिलै क्र्याक वा ह्याक हुन्छन्।

यी हुन् सबभन्दा धेरै प्रयोग भएका पासवर्डहरू

यस वर्षको लागि सबैभन्दा लोकप्रिय पासवर्डहरू १२३४५६ र १२३४५६७८९ हो। यस सूचीमा दिइएका प्राय पासवर्डहरू एक सेकेन्ड भन्दा कम समयमा क्र्याक गर्न सकिन्छ। १२३४५६ बाहेक, यो सूचीले पिक्चर १ (picture1), पासवर्ड (password)र १२३४५६७८ जस्ता धेरै कमजोर र खराब पासवर्ड समावेश गर्दछ। यसका साथै पिक्चर१ पासवर्ड मानिसद्वारा धेरै प्रयोग गरिएको छ।

सम्पूर्ण सूची हेर्नुहोस्

नोर्डपासले २०२० को त्यस्तो २०० भन्दा बढी पासवर्डको सूची जारी गर्यो जुन सबभन्दा सामान्य हुन्। यी मध्ये २० नम्बरसम्मका पासवर्डहरू धेरै कमजोर छन्। यी पासवर्डहरू साधारण ह्याकरले नै केहि सेकेन्डमा पनि ब्रेक गर्न सक्दछ।

१. 123456
२. 123456789
३. picture1
४. password
५. 12345678
६. 111111
७. 123123
८. 12345
९. 1234567890
१०. senha
११. 1234567
१२. qwerty
१३. abc123
१४. Million2
१५. 000000
१६. 1234
१७. iloveyou
१८. aaron431
१९. password1
२०. qqww1122

यस बाहेक, १२३, ओएमजीपप (omgpop), १२३३२१, ६५४३२१ र क्वार्टीयुउप qwertyuiop पनि सबै भन्दा साधारण पासवर्डहरू हुन्। फर्मले सल्लाह दिएका छन कि यदि तपाईं यी २०० सूची पासवर्डहरू मध्ये कुनै एक पनि प्रयोग गरिरहनुभएको छ भने, तुरून्त परिवर्तन गर्नुहोस्। किनभने यस्तो अवस्थामा तपाईं कुनै पनि समयमा ह्याकिङ्गको शिकार बन्न सक्नुहुन्छ।

यस्तो पासवर्ड प्रयोग गर्नुहोस्
पासवर्ड राख्दा मिश्रित क्यारेक्टरहरू प्रयोग गर्नुहोस्। अपर केस, लोअर केस, विशेष क्यारेक्टरहरू मिश्रण गरेर अनियमित पासवर्ड सिर्जना गर्नुहोस्। तपाईं पनि ससक्त पासवर्ड बनाउनका लागि पासवर्ड जेनरेटर टूल प्रयोग गर्न सक्नुहुनेछ। एजेन्सीका साथ

TK Viber

प्रकाशित: ५ मंसिर २०७७, शुक्रबार

Leave a Reply

Loading...