Technology Khabar ५ मंसिर २०७७, शुक्रबार
काठमाडौं ।
भिडियो कन्फ्रेन्सिङ्गलाई सहज बनाउन गूगल मिटले नयाँ फिचर ल्याएको छ । अब गूगल मिटमा मिटिङको समयमा हात उठाएको देखाउन मिल्ने अर्थात ‘रेज ह्याण्ड’ फिचर उपलब्ध भएको छ ।
यस फिचरको सहयोगले मिटिङ गरिरहेको बेला बिचमा अरुलाई अवरोध पर्दैन र होस्टले पनि सहभागीलाई केही प्रश्न सोध्नु छ भन्ने कुराको ठहर हुन्छ ।
यस्तो फीचर अर्को प्रतिस्पर्धी कम्पनी जूमको भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्ममा यसअघिदेखि नै उपलब्ध रहेको छ ।
यो ‘रेज हाण्ड’ फिचर गूगल मिटमा नेभिगेसन बारको तल्लोभागमा हुनेछ । सहभागीले त्यो बटनलाई थिचेपछि मध्यस्थकर्ताले सहभागीको भिडियो प्रीभ्यूमा या स्क्रीनको साइडबारमा देखिने गर्दछ ।
यो फिचरमा सहभागीहरुलाई हात तल गर्ने फिचर पनि दिइएको छ । त्यो बाहेक मध्यस्थकर्ताले पनि कुनै निश्चित सहभागीको या सबै सहभागीहरुको हात तल गरिदिन सक्नेछन्।
यस बाहेक मध्यस्थकर्ताले सहभागीहरुमध्ये कसले पहिले हात उठाएको थियो भनेर पनि क्रमवद्ध ढङ्गले थाहापाउन सक्छन् । यो फिचर वर्कस्पेस र जीसुइट ग्राहकलाई उपलब्ध हुन सुरु भइसकेको छ ।
वर्कस्पेस विजनेस स्टार्टर र जी सुइट बेसिक ग्राहक वा व्यक्तिगत गूगल एकाउन्ट प्रयोगकर्ताहरुको लागि भने तत्काल रेज ह्याण्ड फिचर उपलब्ध हुने छैन् । एजेन्सी
प्रकाशित: ५ मंसिर २०७७, शुक्रबार