प्रयोग नभएका मोबाइलफोनको संख्या विश्वव्यापीरूपमा बढ्दै, १.९ अर्ब यूरोको मोबाइल त्यत्तिकै

Technology Khabar ४ मंसिर २०७७, बिहीबार

प्रयोग नभएका मोबाइलफोनको संख्या विश्वव्यापीरूपमा बढ्दै, १.९ अर्ब यूरोको मोबाइल त्यत्तिकै
Classic Tech
Nepal Telecom

इलेक्ट्रोनिक आईटमहरू विशेष गरी स्मार्टफोनको माग विश्वव्यापी रूपमा बढ्दैछ। यसका लागि धेरै कम्पनीहरूले समय समयमा नयाँ स्मार्टफोनहरू लन्च गरिरहेका छन्।

पछिल्लो दिनमा धेरै व्यक्तिले एउटै मोबाईलसँग धेरै समय खर्च गर्दैनन् र अर्को मोबाइल पनि छिटोछिटो खरीद गर्दैछन्। यस कारणले, अनयूज्ड अर्थात प्रयोग नभएका स्मार्टफोन्सको संख्या द्रुत रूपमा बढ्दैछ। एउटा सर्वेक्षणका अनुसार यी प्रयोग नगरिएका मोबाइल फोनको तौल ५४ वटा बोईँग ७४७-८ विमानहरूको बराबर छ।

यो सर्वेक्षण २७ देशहरूमा गरिएको थियो।

अनलाइन सर्वेक्षणले इलेक्ट्रोनिक ‘स्टोर रिबाई'(reBuy) र २७ देशहरूलाई समेटेको छ। सर्वेक्षणमा यो पाईएको छ कि धेरै मानिसहरूलाई पुरानो फोन व्यवस्थापन गर्न धेरै गाह्रो हुने गरेकोछ।

स्वीडेनमा प्रति व्यक्ति मोबाइल प्रयोग १.३ प्रतिशत छ। यसले देखाउँदछ कि स्वीडेनमा मानिसहरूको संख्या भन्दा धेरै प्रयोग नभएका मोबाइलहरु घरमा छन्।

यद्यपि घरमा प्रयोग नभएका मोबाईलको लागि कुनै मूल्य छैन तर पनि सर्वेक्षणका अनुसार २७ देशहरूमा बेकारमा रहेका यी मोबाइलहरूको मूल्य १.९ अर्ब युरो बराबर रहेको छ ।

अनलाइन सर्वेक्षणका अनुसार डेनमार्कका ४९ प्रतिशत मानिसहरूले मोबाइल सबैभन्दा बढी बिक्री गर्छन् र उपहार दिन्छन्। यस पछि, फ्रान्स र पोल्याण्डका ४१ प्रतिशत मानिसहरूले मोबाइल बेच्छन् र आफ्ना आफन्तहरूलाई उपहार दिन्छन्।

२७ देशहरूमा यी प्रयोग नभएका मोबाईलहरूको तौल २३,९६४ टन छ, जुन ५४ वटा बोईँग ७४७-८ विमानहरूको वजन बराबर छ। एक बोईँग ७४७-८ विमानको तौल ४४२ टन हुन्छ। एकै साथ, यी प्रयोग नगरिएका मोबाइल फोनको वजन १३८ ब्लू व्हेल भन्दा बढी छ। एउटा व्हेलको वजन १७टन छ।

‘ब्ल्याक फ्राइडे’ बिक्री अमेरिकामा आयोजना हुन गईरहेको छ। साथै, ‘क्रिसमस डे’ पनि नजिकै छ। यी दुई अवसरहरूमा व्यक्तिहरूले ठूलो छुट र अफरका साथ इलेक्ट्रोनिक आईटमहरू खरीद गर्नेछन्, जसका कारण प्रयोग नगरिएका मोबाइलको संख्या फेरि बढ्नेछ।

पछिल्लो दशकमा, यी दुबै अवसरहरूले नयाँ स्मार्टफोनहरू, ईरिडरहरू, ट्याबलेटहरू र गेम कन्सोल जस्ता इलेक्ट्रोनिक वस्तुहरूको बिक्रीमा उल्लेखनीय बृद्धि भएको छ। यसकारणले पनि पछिल्लो समयमा मानिसहरूले उनीहरूको पुरानो मोबाइल फोनहरू प्रयोग गर्न छाडेका छन्।

रिबाईका सीईओ फिलिप ग्याटनरले भने कि यी तथ्याङ्कहरूसहित हामी मानिसहरूलाई ई-वेस्टको बारेमा सचेत गराउन चाहन्छौं। एजेन्सी

TK Viber

प्रकाशित: ४ मंसिर २०७७, बिहीबार

Comments are closed.

Loading...